नेकपा निकट पत्रकारले पार्टी अध्यक्ष बाट लिए सपथ


काठमाण्डौं, पौष १२
नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) निकट पत्रकारहरुको संस्था प्रेस संगठन नेपालका केन्द्रिय पदाधिकारी सहित अन्य सदस्यहरुले पार्टी अध्यक्ष प्रचण्ड संग सपथ लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार एक कार्यक्रमको आयोजना गरि देशभरबाट पुगेका प्रेस संगठनका पत्रकारहरुले सपथ लिएका हुन् । सपथमा पत्रकारको हित र रक्षाका लागि निरन्तर लागि रहने र समाजवाद स्थापनाको बाटोमा अघि बढ्ने डटेर लाग्ने बाचा गरिएको थियो ।

मर्यादित, जनपक्षीय र जिम्मेवार पत्रकारिताको लक्ष्यप्रति प्रतिवद्ध रहने समेत उनीहरुले कसम खाएका छन् । सपथपछि पार्टी अध्यक्ष (पुष्पकमल दाहाल ) प्रचण्डले सूचना प्रविधिको दुरुपयोग भैरहेकाले त्यसलाई प्रेस संगठनका सदस्यहरुले सही बाटोमा ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अर्का पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले स्रोत र साधन भएकाहरुले मिडियामा लगानी गरेर त्यसलाई प्रयोग गरेको बताउनुभयो । पार्टी एकता सत्ता प्राप्तीका लागी मात्रै नभएको उहाको भनाई थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *