FlashNepal
शनिबार, आषाढ २०, २०८३  |  July 4, 2026

राजनीति

सभामुखलाई भेटेर लामिछानेले गरे सांसद पद निलम्बन फुकुवाका लागि आग्रह

सभामुखलाई भेटेर लामिछानेले  गरे सांसद पद निलम्बन फुकुवाका लागि आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पदको निलम्बन फकुवा गर्न आग्रह गरेका छन् । आज सभामुख देवराज घिमिरेलाई भेटेर लामिछानेले निलम्बन फुकुवा गर्न आग्रह गरेका हुन् । सहकारी ठगी आरोपमा पक्राउ परेपछि लामिछानेको सांसद पदबाट गत पुस ८ गते निलम्बन गरिएको थियो ।

आजबाट अन्त्य संसदको हिउँदे अधिवेशन

आजबाट अन्त्य संसदको हिउँदे अधिवेशन
संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । रास्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । सोमबार बसेको क्याबिनेटले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष फारिस गरेको थियो । आजको संसद बैठक यो वर्षको अन्तिम हिउँदे अधिवेशन हुनेछ । गएको १८ माघमा संसद्को हिउँदे अधिवेशन सुरु भएको थियो ।

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान गर्दै

प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड भ्रमण जाँदैछन् । दिउँसो साढे १२ बजे उनी थाइल्याण्ड प्रस्थान गर्नेछन् । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री थाइल्याण्ड जान लागेका हुन् । बिमस्टेक शिखर सम्मेलन सकाएर प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली आज दिउँसो साढे १२ बजे थाइल्याण्डका लागि प्रस्थान गर्नेछ । नेपालको कार्यकारी प्रमुखको थाइल्याण्डको औपचारिक भ्रमण ६५ वर्ष पछि हुन लागेको हो । थाइल्याण्ड भ्रमणका क्रममा दुघवटा समझदारी पत्रमा हस्...

ओली आज थाइल्याण्डको औपचारिक भ्रमणमा जाँदै

ओली आज थाइल्याण्डको औपचारिक भ्रमणमा जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली दिउँसो १ बजे थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गर्नेछन् । प्रतिनिधि सभाको हिजोको बैठकमा सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्रीको पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले नेपालीको निकट छिमेकी ब...

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । मंगलबार संसद भवन नयाँबानेश्वरमा बिहान ११ बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले ‘नेपाल हवाइ सेवा प्राधिकरण विधेयक, २०८१ तथा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यसैग...

संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित

संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित
काठमाडौं । प्रतिनिधिसभाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सर्वसम्मतीले पारित गरेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आज सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए । सो विधेयक पारित भएसँगै संवैधान...

कार्यकर्ता रिहाइको माग गर्दै माइतीघरमा राप्रपाको प्रदर्शन

कार्यकर्ता रिहाइको माग गर्दै माइतीघरमा राप्रपाको प्रदर्शन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सम्पूर्ण कार्यकर्ताहरुको रिहाइको माग राख्दै विरोध प्रदर्शन गरेको छ । सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो । राप्रपा र निकटका संगठनले नेताहरूलाई झूटो मुद्दा लगाएर पक्राउ गरी कारवाही थालिएको भन्दै रिहाइको मागसहित विरोध प्रदर्शन गरेका हुन् । झुठा मुद्दामा पक्राउ परेका राप्रपा नेता लगाएत सम्पूर्ण राष्ट्रवादी नेताहरुलाई तत्काल रिहाइ गर्नुपर्ने, शुक्रबारको घटनाका मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने, घटनाको न्यायोचित छानबिन गर्ने मु...

सांसद राणालाई राज्यविरुद्धको कसुर अपराधमा पक्राउ गरिएको बारे सदनलाई जानकारी

सांसद राणालाई राज्यविरुद्धको कसुर अपराधमा पक्राउ गरिएको बारे सदनलाई जानकारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शम्सेर जबरालाई राज्यविरुद्धको कसुर अपराधमा पक्राउ गरिएको बारे सदनलाई जानकारी गराइएको छ । सांसद जबरालाई सातदोबाटोबाट पक्राउ गरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको व्यहोरासहित जिल्ला प्रहरी परिसरको पत्र प्राप्त भएको उल्लेख गर्नुहुँदै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ४८ को उपनियम १ को प्रयोजनका लागि सदनलाई जानकारी गराइएको बताए । त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डार...

दराज नेपालद्वारा ‘नव वर्ष उत्सव’ २०८२को घोषणा

दराज नेपालद्वारा ‘नव वर्ष उत्सव’ २०८२को घोषणा
काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित ४.४, नव वर्ष उत्सवको घोषणा गरेको छ । ७० प्रतिशतसम्म छुटसहितको आश्चर्यजनक फ्ल्याश सेल, १ करोड रुपैयाँ बराबरको भौचर तथा निःशुल्क डेलिभरी सुविधासहित ४.४ सेल अप्रिल ४ (चैत २२, २०८१) बाट सुरु भई अप्रिल १३ (चैत ३१, २०८१) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । सेलले नेपाली ग्राहकहरूलाई रोमाञ्चक किनमेलको नयाँ अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ । उत्सव अवधिभर ग्राहकहरूले हरेक दिन फ्ल्याश सेलमार्फत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ रेकर्ड कायम गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि आइतबार सुन तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार हुँदै उच्च रेकर्ड कायम गरेको थियो । सुन सोमबार तोलामा १ हजार १ सय रुपैयाँले बढ्दै रेकर्ड ब्रेक भएको छ । यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले बढेर २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेक...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com