FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सम्पूर्ण कार्यकर्ताहरुको रिहाइको माग राख्दै विरोध प्रदर्शन गरेको छ । सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।

राप्रपा र निकटका संगठनले नेताहरूलाई झूटो मुद्दा लगाएर पक्राउ गरी कारवाही थालिएको भन्दै रिहाइको मागसहित विरोध प्रदर्शन गरेका हुन् ।

झुठा मुद्दामा पक्राउ परेका राप्रपा नेता लगाएत सम्पूर्ण राष्ट्रवादी नेताहरुलाई तत्काल रिहाइ गर्नुपर्ने, शुक्रबारको घटनाका मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने, घटनाको न्यायोचित छानबिन गर्ने मुख्य माग राखेर उनीहरुले प्रदर्शन गरेका हुन् ।

शुक्रबारको प्रदर्शनकाक्रममा हिंसात्मक क्रियाकलापमा उक्साएको भन्दै राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत नेता कार्यकर्ता पक्राउ परेका थिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com