FlashNepal
शनिबार, आषाढ २०, २०८३  |  July 4, 2026

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ रेकर्ड कायम गरिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि आइतबार सुन तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार हुँदै उच्च रेकर्ड कायम गरेको थियो । सुन सोमबार तोलामा १ हजार १ सय रुपैयाँले बढ्दै रेकर्ड ब्रेक भएको छ ।

यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले बढेर २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com