FlashNepal
बुधबार, आषाढ २४, २०८३  |  July 8, 2026

राजनीति

गणतन्त्र पक्षधरहरूसँग छलफल र पराशर्म गर्ने समाजवादी मोर्चाले तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनको देशभर भण्डाफोर गर्ने

गणतन्त्र पक्षधरहरूसँग छलफल र पराशर्म गर्ने  समाजवादी मोर्चाले तीनकुनेमा राजावादीको हिंसात्मक प्रदर्शनको देशभर भण्डाफोर गर्ने
काठमाडौं । समाजवादी मोर्चाले यही चैत्र १५ गते तीनकुनेमा राजावादीको  हिंसात्मक प्रदर्शनको देशभर सशक्त भण्डाफोर गर्ने निर्णय गरेको छ। सोमबार बिहान नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको मोर्चाको बैठकले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको अराजकताप्रति देशव्यापाी रुपमा भण्डाफोर र विरोध गर्ने निर्णय गरेको हो। बैठकपछि नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले तीनकुने घटना योजनावद्ध तरिका...

एमालेले गणतन्त्रको पक्षमा देशभर आज जागरण सभा र र्‍याली गर्दै

एमालेले गणतन्त्रको पक्षमा देशभर आज जागरण सभा र र्‍याली गर्दै
काठमाडौं : एमालेले गणतन्त्रको पक्षमा देशभर आज जागरण सभा र र्‍याली गर्दैछ। एमालेले सबै जिल्ला र सदरमुकाम पनि ऱ्याली र सभा गर्न सर्कूलर गर्न जारी भएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए। केन्द्रले निर्देशन जारी गरेपछि लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढता प्रकट गर्न जिल्ला-जिल्लामा, सदरमुकाममा सभा र र्‍याली गर्न लागिएको एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले जानकारी दिए। उनले भने,  ‘यो प्रतिगमन विरुद्धको र्‍याली हो । गणतन्त्रको पक्षको यो अभियान चलिरहनेछ। सब...

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा फेरि अर्को उजुरी

दुर्गा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा फेरि अर्को उजुरी
काठमाडौं । मेडिकल व्यवसायी तथा राजसंस्था पुर्नस्थापनाका पक्षधर दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा फेरि अर्को उजुरी परेको छ । प्रसाईले झूटा, भ्रामक, र जनमानसमा गलत धारणा फैलाउने अभिव्यक्ति दिएको भन्दै अधिकारकर्मी टिकाराम भुसालले काठमाडौंको साइबर ब्युरोमा उजुरी दिएका हुन् । प्रसाईले नेपालमा समलिङ्गी विवाह युएसएडको वित्तीय सहयोगमा लागू गरिएको भन्ने झूटा, भ्रामक अभिव्यक्ति दिएको भिडियो टिकटकमार्फत बाहिरिएपछि भुसालले झुटा सूचना प्रवाह र अदालतको मानहानी सम्बन्धी उजुरी दिएका छन...

हत्कडीसहित लगियो रविन्द्र मिश्रलाई सरकारी वकिलको कार्यालयमा

हत्कडीसहित लगियो रविन्द्र मिश्रलाई सरकारी वकिलको कार्यालयमा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनको तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार रहेको भन्दै उनी पक्राउ परेका थिए । आज उनलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको हो । उनलाई हातमा हत्कडीसहित लगिएको छ । साथै राप्रपाका महामन्त्री धवल शमसेर राणालाई पनि सरकारी वकिलको कार्यालयमा लगिएको छ । उनीहरूविरुद्ध प्रहरीले सं...

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक बोलाएको जानकारी सभामुख देवराज घिमिरेको आह्वानमा आज राखेको प्रमुसख दलका प्रमुख सचेतकहरूको बैठकमा जानकारी दिएका हुन् । शुक्रबार तीनकुनेमा दुई जनाको मृत्यु हुनेगरी भएको हिंसात्मक आन्दोलन र समसामयिक घटनाबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आइतबार साँझ सर्वदलीय बैठक बोलाएको बर्तौलाले जानकारी द...

पूर्वराजालाई पत्र बुझाउन गएको काठमाडौं महानगरको टोली रित्तै फर्कियो

पूर्वराजालाई पत्र बुझाउन गएको काठमाडौं महानगरको टोली रित्तै फर्कियो
काठमााडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र बुझाउन गएको काठमाडौं महागरपालिकाको टोलीलाई निर्मल निवासको गेटबाटै फर्काइएको छ । आइतबार बिहान काठमाडौं महानगरपालिकाको टोली निर्मल निवास गेटमा पुगेको थियो । उनीहरुलाई प्रहरीले गेटबाटै फर्काइदिएको हो । शनिबार महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको पत्र पठाउने निर्णय गरेको थियो।

सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो ?

सुनको मूल्यमा नयाँ कीर्तिमान, कति पुग्यो ?
काठमाडौं । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो समय निरन्तर बढिरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि शुक्रबारको तुलनामा आईतबार ६०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने केही घटेको छ । शुक्रबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सभामुख पाँच दलसँग छलफलमा

सभामुख पाँच दलसँग छलफलमा
सभामुख देवराज घिमिरे विभिन्न ५ राजनीतिका दलका नेताहरूसँग संवादमा छन् । प्रतिनिधि सभाको बैठकमा अवरोध भएपछि खुलाउन उनले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेतासँग संवाद गरिरहेका हुन् । नयाँ वानेश्वरस्थित सभामुखको कार्यकक्षमा ५ दलका प्रमुख सचेतकहरू छलफलमा छन् । बिहान ११ बजे बोलाइएको बैठक केही ढिलो गरी सुरु भएको थियो । बैठक सुरु भएलगत्तै विपक्षी दलहरूको विरोधका कारण सभामुखले आधा घण्टाका लाग...

संसद् बैठक विपक्षीको अवरोधपछि स्थगित भयो

संसद् बैठक विपक्षीको अवरोधपछि स्थगित भयो
विपक्षीको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।  विपक्षीले अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका हुन्।  विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन्। आज प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी दलहहरूले उभिएर विरोध जनाएका थिए । सभामुखले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद शक्ति बस्नेतलाई समय दिए। उनले घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ ...

छलफल सुरु शीर्ष नेताहरूको सिंहदरबारमा

छलफल सुरु शीर्ष नेताहरूको सिंहदरबारमा
शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहतिका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । उनीहरूबीच संक्रमणकालीन न्यायको विषयमा मुख्य छलफल हुने प्रधानमन्त्रीका विज्ञ सल्लाहका अग्नि खरेलले जानकारी दिए । छलफलमा गृहमन्त्री रमेश लेखक, नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत लगायत सहभागी छन् । उक्त छलफलअघि अध्यक्ष प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com