सहकारी ठगी प्रकरणमा कारागार रहेका पूर्वडीआईजी जोशी अस्वस्थ, केही दिन अस्पतालमै राखिने
बुटवल । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी कसुरमा दुई महिनादेखि पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) एवं गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल जोशी अस्वस्थ भएका छन् । उच्च रक्तचाप, शरीरमा चिडचिडाहट लगायतका समस्या देखिएपछि उनलाई कारागार प्रशासनले मंगलबार बेलुका अस्पताल भर्ना गरेको हो ।
रूपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले माघ २८ गते जोशीलाई तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष भन्न नमिल...