FlashNepal
शुक्रबार, कार्तिक ०७, २०८३  |  October 23, 2026

राजनीति

‘असंवैधानिक’ ५२ पदाधिकारीविरुद्धको रिटमाथि आजदेखि पुनः सुनुवाइ हुँदै

‘असंवैधानिक’ ५२ पदाधिकारीविरुद्धको रिटमाथि आजदेखि पुनः सुनुवाइ हुँदै
काठमाडौं । असंवैधानिक तवरबाट नियुक्त गरिएको भनिएका संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आज (वैशाख २८)देखि पुनः सुनवाइ हुँदै छ । ०७७ साल मंसिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार)सम्बन्धी अध्यादेश जारी गरी संवैधानिक परिषद्ले संवैधानिक आयोगमा तीन पदाधिकारी सिफारिस गरेपछि पुस १ मा अधिवक्ता ओमप्रकाश अर्यालले रिट तयार गरेका थिए । संवैधानिक परिषद्मा निर्णय गर्नेमध्ये तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका तत्कालीन ...

गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गरिने

गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गरिने
काठमाडौं । गभर्नर सिफारिस समितिका दुई सदस्य नै नयाँ राखेर गभर्नरमा अर्थशास्त्री विश्व पौडेलको नाम सिफारिस गर्ने तयारी भएको छ । शनिबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताको बैठकले विश्व पौडेललाई गभर्नरमा सिफारिस गर्ने निष्कर्ष निकालेका थिए । पौडेलको नाम कांग्रेसले प्रस्ताव गरेको हो । पौडेल यसअघिको निर्वाचनमा चितवनबाट प्रतिनिधिसभाका लागि प्रतिष्पर्धामा थिए । पौडेल सिफारिस समितिमै रहेका कारण राजीनामा गर्न लगाएर थप दुई जना सदस्य राख...

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
चितवन । ट्रक दुर्घटना हुँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । आइतबार बिहान सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा कोइला बोकेको ट्रक बीच बाटोमा नै पल्टिएको कारण सडक अवरुद्ध भएको हो । अहिले साना सवारीसाधनहरूलाई एकतर्फी छोडिएको र पल्टिएको ट्रक पन्छाउने कार्य भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने बताइएको छ । आइतबार बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००१ ...

प्रथम दक्षिण एसियाली जुडोमा नेपाली टिम प्रथम

प्रथम दक्षिण एसियाली जुडोमा नेपाली टिम प्रथम
काठमाडौं । प्रथम दक्षिण एसियाली जुडो डेभलपमेन्ट च्याम्पियनसिपमा नेपाली टिम प्रथम भएको छ । नेपाली टोली चार स्वर्ण, एक रजत र एक कांस्यसाथ प्रथम भएको बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी)का प्रमुख प्रशिक्षक धर्मकुमार श्रेष्ठले जनाएका छन् । व्यक्तिगत स्पर्धामा नेपाल टिम प्रथम भएको हो । मिक्स टिम इभेन्टमा नेपाली खेलाडीले आइतबार प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा चार दक्षिण एसियाली राष्ट्रका आठ टिम सहभागी थिए । नेपालबाट एमएमएसीका खेलाडीले सहभागिता जनाएका थिए । भुटान...

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत : डोनाल्ड ट्रम्प

भारत र पाकिस्तान युद्धविरामका लागि सहमत : डोनाल्ड ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो दाबी गरेका हुन् । ट्रम्पले भनेका छन्, ‘अमेरिकाको मध्यस्थतामा हिजो राति लामो छलफल पछि, मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि भारत र पाकिस्तानले तुरुन्तै र पूर्ण रूपमा आक्रमणहरू रोक्न सहमत भएका छन् । म दुवै देशलाई सामान्य ज्ञान र समझदारीपूर्ण निर्णय लिएकोमा बधाई दिन्छु ।

शून्य समय : किसानलाई समयमै मलखाद उपलब्ध गराउन माग

शून्य समय : किसानलाई समयमै मलखाद उपलब्ध गराउन माग
काठमाडौं । प्रतिनिधिसभामा सांसदहरुले गएको वर्षायाममा बाढीपहिरोबाट भएको क्षतिको राहत आजसम्म प्राप्त नभएको, तराईका जिल्ला खाद्यान उत्पादनका हिसाबले महत्वपूर्ण भए पनि सिँचाइ र समयमै मलखाद उपलब्ध नभएका कारण किसानले समस्या झेलिरहनुपरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद सूर्यमान तामाङ दोङले काभ्रेपलाञ्चोकको पनौती, बेथानचोक, लोसी र तिमाल सिन्धुलीको कुशेश्वरलगायत देशका विभिन्न स्थानमा भएको बाढी पहिरोपीडितले आठ/नौ महिनसम्म पनि राहत पाउन नसकेको भन्दै सरकारको...

कांग्रेस पदाधिकारी बैठक- गभर्नर कांग्रेसले नै पाउने देउवाको दाबी

कांग्रेस पदाधिकारी बैठक- गभर्नर कांग्रेसले नै पाउने देउवाको दाबी
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसकै कोटाकै गभर्नर नियुक्ति हुने दाबी गरेका छन् । आज बिहान सभापति देउवा निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा सहभागी कांग्रेस पूर्व र वर्तमान पदाधिकारीले गभर्नर नियुक्ति किन नगरिएको भनेर देउवालाई प्रश्न गरेका थिए । कांग्रेस पदाधिकारीको प्रश्नलाई सम्बोधन गर्दै सभापति देउवाले गभर्नर सत्ता साझेदार एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा कांग्रेस कोटाबाटै चाँडै नियुक्त हुने बताएका हुन् । राष्ट्र बैंक ऐनमा बहालवाला ग...

भारत र पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुखको रुलिङ

भारत र पाकिस्तानमा रहेका नेपालीको ख्याल गर्न सभामुखको रुलिङ
काठमाडौं । प्रतिनिधिसभाले भारत र पाकिस्तानमा रहेका नेपालीबारे ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेको छ । शुक्रबार बसेको सभाको बैठकमा सांसदहरूले समेत आकस्मिक समयमा यो विषयमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले पनि सरकारको ध्यानाकर्षण गरेका हुन् । भारत र पाकिस्तानबीच सिर्जित अवस्थालाई दृष्टिगत गर्दै त्यहाँ बस्ने सम्पूर्ण नेपालीको सुरक्षा लगायत पर्न सक्ने सम्भावित समस्याहरूप्रति आवश्यक व्यवस्थापन गर्नरगराउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु,’ सभ...

कानुन दिवसः न्यायमा नागरिकको सहज पहुँच आजको आवश्यकता हो- राष्ट्रपति

कानुन दिवसः न्यायमा नागरिकको सहज पहुँच आजको आवश्यकता हो- राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायमा आमनागरिकको सहज पहुँच पुग्नुपर्ने बताएका छन् । छिटोछरितो न्याय सम्पादनमा पनि उनको जोड रहेको छ । कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले शुक्रबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । ‘नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकताअनुरूप नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधिसमेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्नुपर्छ,’ उनले भने, ‘मुद्दाको शीघ्र...

एनआरएनए विवाद : बद्री केसीको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश

एनआरएनए विवाद : बद्री केसीको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले बद्री केसीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । एकता महाधिवेशनबाट अध्यक्षमा चुनिएका महेश कुमार श्रेष्ठको टिमलाई काम गर्न रोक लगाउनु पर्ने माग गर्दै केसीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएको हो । तर सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदीको इजलासले कारण देखाउ आदेश भने जारी गरेको छ । अदालतले अन्तरिम आदेश नदिएसँगै श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न बाटो खुलेको हो ।
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com