FlashNepal
आइतबार, भाद्र २८, २०८३  |  September 13, 2026

चितवन । ट्रक दुर्घटना हुँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

आइतबार बिहान सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा कोइला बोकेको ट्रक बीच बाटोमा नै पल्टिएको कारण सडक अवरुद्ध भएको हो । अहिले साना सवारीसाधनहरूलाई एकतर्फी छोडिएको र पल्टिएको ट्रक पन्छाउने कार्य भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने बताइएको छ ।

आइतबार बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००१ ख ९८१७ नम्बरको ट्रक इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com