FlashNepal
मंगलबार, कार्तिक ११, २०८३  |  October 27, 2026

राजनीति

काठमाडौं उपत्यकामा दिउँसैदेखि वर्षा

काठमाडौं उपत्यकामा दिउँसैदेखि वर्षा
काठमाडौं, ७ जेष्ठ । काठमाडौं उपत्यकामा वर्षा सुरु भएको छ । सुदूरपश्चिमबाट वर्षा गराउँदै आएको प्रणाली काठमाडौं आइपुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू(भागका ‍एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ। काठमाडौंमा गए राति र बिहान पनि वर्षा भएको थियो । बिहान अबेरबाट भने केही समय मौसम सफा भएपछि पुनः वर्षा सुरु भएको हो । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको प्रभाव छ । बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हा...

स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यकः स्वास्थ्य मन्त्री

स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यकः स्वास्थ्य मन्त्री
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैमा स्वास्थ्य पहुँचका लागि  श्रोत र प्राथमिकता जोड्दै विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् । स्वीट्जरल्याण्डको जेनेभामा जारी ७८ औं विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गरेका उनले विद्यमान स्वास्थ्य चुनौतीले सामाना गर्ने नवीन समाधानको खोजी गरिरहेको भन्दै यसमा विश्व स्वास्थ्य संगठनको भूमिका अझ महत्वपूर्ण देखिएको उल्लेख गरेका छन् । मन्त्री पौडेलले महामारी नियन्त्रण पूर्वतयारीका लागि समतामूलक स्वास्थ्य सेवा...

यतिसम्म बन्याे किर्तिपुर क्रिकेट रंगशाला

यतिसम्म बन्याे किर्तिपुर क्रिकेट रंगशाला
काठमाडौं । किर्तिपुरस्थित क्रिकेट मैदानको काम धमाधम चलिरहेको छ । प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै ३०० दिनमा क्रिकेट मैदान बनाउने घोषणा गरेको केपी ओली सरकारको प्रतिबद्दता अनुसार धमाधम क्रिकेट मैदान बनिरहेको हो । सो क्रिकेट मैदान समयमा सक्ने भनिए पनि कानुनी र प्राबिधिक झन्झटले केही समय ढिला हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले हालै केही तस्विर सार्बजनिक गरेकाे छ ।

नागढुङ्गा–नौबिसे सडक जेठ १० गतेदेखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द गरिने

नागढुङ्गा–नौबिसे सडक जेठ १० गतेदेखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द गरिने
काठमाडौँ । राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिनुभयो । यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो । आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन...

चलचित्र ‘बाउ भर्सेस छोरा’ बनाउँदै ‘होस्टेल ३’ टिम

चलचित्र ‘बाउ भर्सेस छोरा’ बनाउँदै ‘होस्टेल ३’ टिम
काठमाडौं । नेपाली चलचित्र ‘होस्टेल ३’को सफलतापछि सोही टिमले फेरि नयाँ कथा लिएर चलचित्र बनाउने घोषणा गरेको छ । चलचित्र टिमले बुधवार बिहान ‘बाउ भर्सेस छोरा’ शीर्षकमा नयाँ चलचित्र घोषणा बनाउने घोषणा गरेको हो । जसलाई सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्दैछ । यस चलचित्रले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य, मान्यता र व्यवहारको टकराबलाई केन्द्रमा राखेर निर्माण हुने निर्देशक सशान कँडेलले जानकारी दिए । चलचित्रको घोषणामा प्रयोग गरिएको टाइटल डिजाइनमा दुई फरक पुस्ताक...

विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला

विश्व पौडेललाई गभर्नर बन्ने बाटो खुल्ला
काठमाडौं । सर्वोच्च अदालतले डा विश्व पौडेललाई गभर्नर बन्ने रोक नहुने ठहर गरेको छ । मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उनलाई गभर्नर बन्नबाट रोक्ने रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरे पछि  पौडेललाई गभर्नर बन्न बाटो खुलेको हो । अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत वैशाख ३० मा रिट दायर गरेका थिए । तर, उक्त रिट सर्वोच्च अदालतले यहि जेठ २ मा दरपीठ गरिदिएको थियो । उप्रेती र थापाले पौडेल राजनीतिक...

विश्व पौडेलको बिरूद्दको सुनवाई सकियो, केही बेरमा आदेश आउँदै

विश्व पौडेलको बिरूद्दको सुनवाई सकियो, केही बेरमा आदेश आउँदै
काठमाडौं । विश्व पौडेललाई गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गर्ने विरूद्धको निवेदनमाथि सुनवाई सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको इजलासमा पौडेल बिरूद्दको सुनुवाई सकिएको हो । अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै सर्वोच्चमा गत वैशाख ३० मा रिट दायर गरेका थिए । तर, उक्त रिट सर्वोच्च अदालतले यहि जेठ २ मा दरपीठ गरिदिएको थियो । उप्रेती र थापाले पौडेल राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर निय...

विश्व पौडेलविरुद्धको रिट दरपीठको सुनुवाई न्यायाधीश सपना प्रधान मल्लको इजलासमा

विश्व पौडेलविरुद्धको रिट दरपीठको सुनुवाई न्यायाधीश सपना प्रधान मल्लको इजलासमा
काठमाडौं । अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नर बनाउन नहुने भनेर सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गर्नेविरुद्धको निवेदन न्यायाधीश सपना प्रधान मल्लको इजलाशमा परेको छ । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका पौडेललाई गभर्नर बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा परेको रिटलाई दरपीठ गरिएको थियो । अधिवक्ताहरु प्रतिभा उप्रेती र विशाल थापाले पौडेल गभर्नर बन्न नमिल्ने भन्दै गत बैशाख ३० गते सर्वोच्च अदालतमा रिट हालेका थिए । तर, सर्वोच्चले उक्त रिट दरपीठ गरे...

जेठ १५ को आन्दोलन हिंसात्मक नहुने राजेन्द्र लिङ्देनको दावी

जेठ १५ को आन्दोलन हिंसात्मक नहुने राजेन्द्र लिङ्देनको दावी
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरू हुने आफूहरूको आन्दोलन हिंसात्मक नहुने दावी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङ्देनले जेठ १५ गतेदेखि सुरू हुने आन्दोलनलाई पूर्ण नियन्त्रणमा राखिने भन्दै कुनै प्रकारको हिंसात्मक प्रदर्शन नहुने बताए । सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने उनले बताए । उनले मानवअधिकार आयोगका साथै अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई जेठ १५ गते हुने प्रदर्शनको अनु...

आजको मौसम : देशभर आंशिकदेखि साधारणतया बदली रहने

आजको मौसम : देशभर आंशिकदेखि साधारणतया बदली रहने
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । सबै प्रदेशको एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बद...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com