FlashNepal
मंगलबार, कार्तिक ११, २०८३  |  October 27, 2026

राजनीति

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ११ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ११ सयले घटेर तोलाको एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहिबार सुन तोलाको एक लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा तोलामा २० रुपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी तोलामा २००५ रुपैयाँमा कारोबार भइरहेको छ ।

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ

फेसबुकबाट सुरू भएको चिनजान होटलमा पुगेपछि ‘हनी ट्रयाप’, दुई युवती पक्राउ
काठमाडौं । होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्ने अनि त्यसैलाई हतियार बनाएर लाखौं रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवतीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले  प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जाल फेसबुकबाट सुरू भएको सामान्य चिनजान अन्ततः ब्ल्याकमेलको हतियार बनेको प्रहरी अनुसन्धानले देखाएको छ। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका-१० घर भई हाल काठमाडौं महानगरपालिका-५ बस्दै आएकी ३४ वर्षीया ...

पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने लेखा समितिको निर्णय

पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने लेखा समितिको निर्णय
काठमाडौं । प्रतिनिसधभाअन्तर्गतको सार्वजनिक लेखा समितिले काभ्रेको पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरेको छ। आज (बिहीबार) बसेको लेखा समिति बैठकले उक्त प्रकरणलाई लिएर गरेको अनुसन्धान प्रतिवेदन अख्तियार पठाउने निर्णय गरेको हो । सो प्रकरणमा थप अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाउन समितिले अख्तियारमा सिफारिश गरेको समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । यस प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालपनि मुछिएका छन् ।...

चिया पिउने यी सामान्य ५ तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या

चिया पिउने यी सामान्य ५ तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या
काठमाडौं । अधिकांश मानिसहरूलाई जोड्ने एउटा कुरा छ भने त्यो हो चिया । बिहानको सुरुवात होस् वा साँझको थकान, साथीभाइसँग गफगाफ होस् वा एक्लै रमाइलो पल, हरेक अवसरमा चिया हामीसँगै हुने गर्दछ । धेरै मानिसहरूको लागि, चिया एक पेय मात्र होइन, भावना पनि हो। अन्तर्राष्ट्रिय चिया दिवस चिया मन पराउनेहरुका लागि मात्र मनाइन्छ । यो हरेक वर्ष मे २१ मा मनाइन्छ, जो हिजो मनाइएको थियो। तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि हामीले दिनहुँ रमाइलो गरी पिउने चियामा हुने केही सामान्य गल्तीहरूले हाम्र...

ग्वान्टानामो खाडीमा आप्रवासी राख्दा दैनिक १ कराेड ३७ लाख डलर खर्च, ट्रम्पको आलोचना

ग्वान्टानामो खाडीमा आप्रवासी राख्दा दैनिक १ कराेड ३७ लाख डलर खर्च, ट्रम्पको आलोचना
वासिंगटन डिसी । डोनाल्ड ट्रम्प अहिले अमेरिकामा शासन गरिरहेका छन्, हरेक दिन नयाँ नयाँ निर्णय गरेर उनले विश्वलाई नै तरंगित बनाईरहेका छन् । राष्ट्रपति बनेदेखि डोनाल्ड ट्रम्पले एकपछि टयारिफ होस वा आप्रावासी निष्काषनसहित द्रुत निर्णय लिइरहेका छन् । यसैबीच अमेरिकाको ग्वान्टानामो खाडीबाट एउटा अचम्मको खबर बाहिर आएको छ। तर, केही निर्णयले भने अमेरिकालाई अनावश्यक आर्थिक भार परिरहेको छ । जस अनुसार ट्रम्पको हिरासतमा रहेको नौसेना आधारमा बस्ने प्रत्येक व्यक्तिका लागि अमेरिकाको करोडौं रुप...

पदाधिकारी तथा पार्टीका शीर्ष नेतासँग छलफल गर्दै सभापति देउवा

पदाधिकारी तथा पार्टीका शीर्ष नेतासँग छलफल गर्दै सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । पार्टीको आन्तरिक र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेताहरूलाई बोलाएका हुन् । ’आज (बिहीबार) सभापतिले पार्टीको पदाधिकारी तथा शीर्ष नेताहरूसँग सरसल्लाह गर्दै हुनुहुन्छ’, कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ’आज औपचारिक पदाधिकारी बैठक भने होइन ।’ बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा हुने पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । आज बिहानमा...

आईपीएल २०२५ः पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने यी हुन ५ क्रिकेटर

आईपीएल २०२५ः पावर प्लेमा सबैभन्दा बढी छक्का हान्ने यी हुन ५ क्रिकेटर
काठमाडौं । राजस्थान रोयल्सका ब्याट्सम्यान यशस्वी जैसवालले आईपीएल २०२५ को पावरप्लेमा सबैभन्दा धेरै छक्का प्रहार गरेका छन्। यो सूचीमा १४ वर्षीय वैभव सूर्यवंशीको नाम पनि परेको छ। यशस्वी जैसवालले आईपीएल २०२५ को पावरप्लेमा सबैभन्दा धेरै छक्का प्रहार गरेका छन् । जैसवाल बाहेक मिचेल मार्स, अजिंक्य रहाणे, प्रभसिमरन सिंह र वैभव सूर्यवंशीको नाम पनि परेको छ । जैसवालले पावरप्लेमा २०८ बल खेलेका छन् । यस अवधिमा उनले २२ छक्का प्रहार गरेका छन् । जैसवालले यो सिजन कुल २८ छक्का प्रहार गरेक...

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, तराइमा ताताे हावा बहने

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, तराइमा ताताे हावा बहने
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदुरपशचिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, बाग्मती प्रदेश र सुदुरपशचिम प्रदेशका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग्सहित हल्का वर्षा भईरहेको छ। ...

तोलामा १ हजार ७ सयले बढ्यो सुनको मूल्य

तोलामा १ हजार ७ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।  आज तोलामा एक हजार ७०० रुपैयाँले वृद्धि भएको छ । चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३५५ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका ...

पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस

पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस
काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस भएको छ । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले प्रतिवेदन पेस गरेकी हुन् । बैठकमा राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्यालले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरे । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक माथिल्लो सभाबाट विसं २०८० माघ २९ गते पारित ...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com