FlashNepal
शनिबार, आषाढ २०, २०८३  |  July 4, 2026

राजनीति

लामखुट्टेले हैरान गरयो, घरेलु चार तरिकाले अब भगाउनुहाेस्

लामखुट्टेले हैरान गरयो, घरेलु चार तरिकाले अब भगाउनुहाेस्
काठमाडौं । के तपाई पनि लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ भने आज हामी तपाईलाई लामखुट्टेलाई आफ्नो घरबाट टाढा राख्ने केही उपाय बताउनेछौँ ।   लामखुट्टेको टोकाइका कारण धेरैजसो मानिसको छालामा रातो दाग र दाग देखापर्छ, जसका कारण उनीहरु निकै चिडचिडा हुने र रिस उठने पनि हुन्छ । यस्तो अवस्थामा चिन्ता लिनु पर्दैन ।   केही यस्ता उपाय छन्, जसको प्रयोग गरेपछि लामखुट्टेले तपाईको घरमा आउनु अघि १० पटक सोच्नु पर्नेछ । यो घरेलु उपाय तपाईका लागि धेरै लाभदायक र प्रभावकारी...

एयर इन्डिया जहाज दुर्घटना : २०४ जनाको मृत्यु पुष्टि

एयर इन्डिया जहाज दुर्घटना : २०४ जनाको मृत्यु पुष्टि
काठमाडौँ । गुजरातको अहमदाबाद विमानस्थलनजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहमदाबादबाट लन्डनका लागि उड्नेबित्तिकै दुर्घटनामा परेको एयर इन्डियाको एआई–१७१ जहाज दुर्घटनाबारे जानकारी दिँदै अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ वटा शव प्राप्त भएको जानकारी दिएका हुन् । प्रहरी आयुक्त मलिकले बीबीसी गुजराती सेवासँग भनेका छन्, ’केही सर्भाइभर पनि हुन सक्छन् तर अहिलेसम्म हामीले २०४ वटा शव संकलन गरेका छौँ । ’साथै दुर्घटनामा परी घाइते भएका ४१...

एयर इन्डियाको विमान दुर्घटनाप्रति राष्ट्रपति पौडेलबाट दुःख व्यक्त

एयर इन्डियाको विमान दुर्घटनाप्रति राष्ट्रपति पौडेलबाट दुःख व्यक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादबाट लण्डनको लागि उडेको एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा परेको खबरले स्तब्ध भएको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत सो दुर्घटनाबाट भएको अमूल्य मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । उक्त विमानमा २४२ जना सवार थिए । जसमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगाली र एक क्यानाडाका नागरिक थिए । मृतकको संख्या अझै खुलेको छैन ।

आफ्ताव आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार

आफ्ताव आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो प्रहार
काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री अफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने न्यायाधीसमाथि मोसो प्रहार भएको छ । आज नेकपा (बहुमत) का कार्यकर्ताले न्यायाधीश खुसीप्रसाद थारुमाथि उनकै कार्यकक्षमा पुगेर मोसो प्रहार गरेका हुन । बम विष्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा लगेर जलाएको आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएका आलमलाई जेठ १४ गते उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिएको थियो। न्यायाधीशद्वय थारू र अर्जुन महर्जनको इजलासले आलमलाई सफाई दिएको हो । ...

भिजिट भिसा प्रकरणः छानबिन समिति बनाउने कुरामा विपक्षी दल एक ठाउँमा, लगत्तै प्रचण्ड–सभामुख भेटघाट

भिजिट भिसा प्रकरणः छानबिन समिति बनाउने कुरामा विपक्षी दल एक ठाउँमा, लगत्तै प्रचण्ड–सभामुख भेटघाट
काठमाडौं । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा छानबिन समिति नबनाइ सदन चलाउन नदिने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राखेको बैठकले भिजिट भिषामार्फत मानव तस्करीको संगठित अपराध सदाका लागि निराकरण गर्न समिति बनाउनुपर्नेमा निष्कर्ष निकालेको रास्वपाका प्रवक्ता मनिष झाले बताए । विपक्षी दलको बैठकपछि प्रचण्डले सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका छन् । त्यसअघि नेकपा एसका अध्यक्ष माधव नेपालसँग बेग्लै भेटेका थिए । दलहरु छलफलमा जुट्दा ३ बजेका लागि बोलाइएको प...

लिफ्ट जडानमा अनियमितता गरेको भन्दै बालेनविरुद्ध अख्तियारमा उजुरी

लिफ्ट जडानमा अनियमितता गरेको भन्दै बालेनविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बिना प्रतिस्पर्धा महानगरमा करोडौँको लिफ्ट जडान गरेको भन्दै युवराज सफलले अख्तियारमा उजुरी हालेका हुन् । सफलले पत्रमा आफू ‘एक देशभक्त नागरिक’ भनेर उल्लेख गरेका छन् । ‘काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले केही महिनाअघि महानगरमा बिना प्रतिस्पर्धा बिना टेन्डर र बिना कोटेसन करिब एक करोड रुपैया मूल्य बराबरको लिफ्ट जडान गरेका छन्,’ सफलको उजुरीमा भनिएको छ, ‘वि...

भारतमा एयर इन्डियाको विमान दुर्घटना

भारतमा एयर इन्डियाको विमान दुर्घटना
काठमाडौं । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए । विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल क्याम्पससँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ । विमान खस्ने बित्तिकै सम्पूर्ण क्षेत्रमा धुवाँको मुस्लो देखियो । दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ भने ७ ...

इलाम र बर्दियामा भारी वर्षा, काठमाडौंसहित यी स्थानमा परिरहेको छ पानी

इलाम र बर्दियामा भारी वर्षा, काठमाडौंसहित यी स्थानमा परिरहेको छ पानी
काठमाडौं, २९ जेठ । देशका केही स्थानमा बिहीबार (जेठ २९) दिउँसो वर्षा भएको छ । काठमाडौंसहितका स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, इलाम र बर्दियाका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ । सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) छ । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, चितवन, प्युठान, रोल्पा र सुर्खेतमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । “क...

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । महानगरपालिकामा ढल निर्माणको ठेक्कामा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्‍याएको अभियोगमा उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । परियारसँगै मुद्दा दायर हुनेहरूमा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उ...

प्रतिनिधिसभा बैठक भोली ३ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक भोली ३ बजेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठकलाई प्रतिपक्षले अबरोध गरे पछि भोलीसम्मका लागि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बिहिवार दिऊँसो ३:०० बजेसम्मका लागि स्थगित गरेका हुन्। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण गरिए पनि ढिलो गरि सुरू भएको बैठक प्रतिपक्षले अबरोध गरेका थिए। आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छ...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com