FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा छानबिन समिति नबनाइ सदन चलाउन नदिने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राखेको बैठकले भिजिट भिषामार्फत मानव तस्करीको संगठित अपराध सदाका लागि निराकरण गर्न समिति बनाउनुपर्नेमा निष्कर्ष निकालेको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।

विपक्षी दलको बैठकपछि प्रचण्डले सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका छन् । त्यसअघि नेकपा एसका अध्यक्ष माधव नेपालसँग बेग्लै भेटेका थिए । दलहरु छलफलमा जुट्दा ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै अनिश्चित छ ।

रास्वपाले समिति गठनको लागि ५ बुँदे प्रस्ताव अघि सारेको छ । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले पनि छानबिन समिति बनाउने विषयमा आफूहरुबीच कुनै फरक मत नरहेको बताए। आफूहरुले विगतदेखि नै उठाउँदै आएको अडानमाथि छलफल चलिरहेको बताए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com