FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादबाट लण्डनको लागि उडेको एअर इन्डियाको यात्रुवाहक विमान दुर्घटनामा परेको खबरले स्तब्ध भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समार्फत सो दुर्घटनाबाट भएको अमूल्य मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

उक्त विमानमा २४२ जना सवार थिए । जसमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगाली र एक क्यानाडाका नागरिक थिए । मृतकको संख्या अझै खुलेको छैन ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com