FlashNepal
बुधबार, आषाढ २४, २०८३  |  July 8, 2026

अन्तराष्ट्रिय

क्यानडामा आमनिर्वाचन- ट्रम्पविरोधी पार्टीको अभूतपूर्व जित

क्यानडामा आमनिर्वाचन- ट्रम्पविरोधी पार्टीको अभूतपूर्व जित
काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कर्नीको लिबरल पार्टीले त्यहाँको आमनिर्वाचनमा अभूतपूर्व विजय हासिल गरेको छ । लिबरल पार्टीको जितलाई आश्चर्यजनक नतिजा मानिएको छ । किनभने, तीन महिनाअघिको मत सर्वेक्षणमा यो पार्टी कन्जरभेटिभभन्दा पछि परेको थियो । कर्नी र उनको पार्टीको जितका पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठूलो भूमिका रहेको बताइएको छ । ट्रम्पले गएको जनवरीमा राष्ट्रपति पद सम्हालेपछि क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने धम्की दिएका थिए । यस्तै, आयात कर र ट्रम्पल...

जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी

जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
सुनसरी । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ । खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उनले बताएका छन् । सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयु...

नेपालसहित चार देशमा एमसीसी नरोकिने

नेपालसहित चार देशमा एमसीसी नरोकिने
काठमाडौं । नेपालसहित चार देशका एमसीसी परियोजना नरोकिने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सीको सिफारिस अनुसार विश्वभर सञ्चालित परियोजना बन्द गर्ने निर्णय गरेको अमेरिकी सरकारले चार देशका परियोजनालाई भने अघि बढाउने गरी निर्णय गरेको हो । नेपाल, मंगोलिया, सेनेगल र आइभरी कोष्टमा एमसीसीले निरन्तरता पाउने भएको हो । यसअघि अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले एमसीसी स्थगित गर्ने निर्णय गरेका थिए ।

भारतले बन्द गर्‍यो पाकिस्तानी नागरिकलाई भिसा सेवा

भारतले बन्द गर्‍यो पाकिस्तानी नागरिकलाई भिसा सेवा
काठमाडौं । भारतले बिहीबार पाकिस्तानी नागरिकका लागि तत्काल कार्यान्वयन हुने गरी भिसा सेवा निलम्बनको घोषणा गरेको छ । यो जानकारी दिँदै भारतीय विदेश मन्त्रालयले भनेको छ, “पहलगाममा भएको आतंकवादी हमलालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो ।” पाकिस्तानी नागरिकलाई जारी गरेका सबै विद्यमान वैध भिसाहरू अप्रिल २७ देखि रद्द भएको मानिने विदेश मन्त्रालयले जनाएको छ । यस्तै, पाकिस्तानी नागरिकलाई जारी गरिएको मेडिकल भिसा अप्रिल २९ सम्ममात्रै मान्य हुनेछ । विदेश मन्त्रालयले आफ्ना नागरिकलाई...

आतङ्ककारीलाई उनीहरुले कल्पना गरेको भन्दा बढी सजाए दिन्छौंः मोदी

आतङ्ककारीलाई उनीहरुले कल्पना गरेको भन्दा बढी सजाए दिन्छौंः मोदी
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु–कश्मीरको पाहलगाममा भएको आतङ्कवादी आक्रमणका दोषीहरूमाथि कठोर कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार पहिलो पटक सार्वजनिक रूपमा बोल्दै उनले ‘‘एक–एक आतङ्ककारी र तिनका समर्थकलाई चिन्न, पछ्याउन र सजाय दिन’’ भारत प्रतिबद्ध रहेको बताए । उक्त आक्रमणमा २८ जनाको मृत्यु भएको थियो । प्रधानमन्त्रीले घटनाप्रति गहिरो पीडा महसुस गरेको सुनाए । ‘‘२२ एप्रिलमा जम्मु–कश्मीरको पाहलगाममा आतङ्ककारीहरूले निर्दोष नागरिकको ज्यान लिए। दे...

एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको औपचारिक निर्णय

एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको औपचारिक निर्णय
काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी बन्द हुने भएको छ । इलोन मस्कको नेतृत्वमा रहेको नयाँ स्थापित सरकारी दक्षता विभागले संघीय खर्च कटौती गर्ने व्यापक प्रयासका स्वरुप एमसीसी केही महिनाभित्र बन्द गर्ने निर्णय गरेको हो । एमसीसीका कर्मचारीहरूलाई मे ५ देखि नै ‘अनपेड लिभ’ मा राखिने सम्भावना छ । कर्मचारी कटौतीको योजना अन्तर्गत कार्यवाहक प्रमुख कार्यकारी एक्टिङ्ग सीईओ बाहेकका सबै कर्मचारीहरू हटाइने बताइएको छ । ३२० जना भन्दा बढी कर्मचारी भए...

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरको उपस्थितिमा नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तारमा महत्त्वपूर्ण सम्झौता भएको छ । ऊर्जामन्त्री खड्काको निमन्त्रणमा दुईदिने भ्रमणका लागि आज नेपाल आउनुभएका भारतीय विद्युत्मन्त्री खट्टर र ऊर्जामन्त्री खड्काको उपस्थितिमा दुई देशबीच ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण सम्झौता भएको हो । गत माघ ३० गते भारतको नयाँ दिल्लीमा नेपाल–भारत सचिवस्तरीय संय...

कश्मीरमा आतंकवादी हमलामा मारिने नेपाली युवक बुटवलका

कश्मीरमा आतंकवादी हमलामा मारिने नेपाली युवक बुटवलका
काठमाडौं । हिजो भारतको जम्मु–कश्मीरमा भएको आतंकवादी हमलामा मारिएका नेपाली बुटवलका युवक भएको खुलेको छ । मारिने बुटवल–११, कालिकानगरका सुदीप न्यौपाने हुन्। यस्तै सुदीपकी आमा रेनु पाण्डे भने घाइते भएकी छिन् । सन्दीप गत शनिबार आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित घुम्न कश्मिर गएका थिए । उनको शव नेपाल ल्याइँदैछ । घटनामा हालसम्म २८ जनाको मृत्यु भएको छ ।

आतङ्कवादी हमलाको राष्ट्रपति पौडेलबाट निन्दा

आतङ्कवादी हमलाको राष्ट्रपति पौडेलबाट निन्दा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जम्मू–कश्मीरको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतङ्कवादी हमलाको निन्दा गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले उक्त हमलामा परी ज्यान गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । उक्त आक्रमणमा एक जना नेपाली नागरिक पनि परेको भन्ने विवरणहरूलाई पुष्टि गर्न सम्बन्धित निकायहरूसँग सरकार निकट सम्पर्क एवं समन्वयमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतीय...

नेपालले भन्योः जम्मु–कश्मीरमा भएको आतंकवादी हमलाको निन्दा गर्छौँ

नेपालले भन्योः जम्मु–कश्मीरमा भएको आतंकवादी हमलाको निन्दा गर्छौँ
काठमाडौँ । नेपालले जम्मु–कश्मीरमा एक नेपालीसमेत कम्तीमा २७ जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलाको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार बिहान विज्ञप्ति जारी गरी जम्मु–कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार भएको आतंकवादी आक्रमणको विरोध गर्दै भारत र भारतीय जनताप्रति ऐक्यबद्धता जनाएको हो । ‘निर्दोष पर्यटकहरूमाथि भएको बर्बर आतंकवादी हमलाको नेपालले स्पष्ट रूपमा निन्दा गर्दछ’, परराष्ट्र मन्त्रालयले भनेको छ, ‘हामी शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्द...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com