FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

अन्तराष्ट्रिय

युएईका उपप्रधानमन्त्री काठमाडौंमा, द्विपक्षीय वार्ता आजै

युएईका उपप्रधानमन्त्री काठमाडौंमा, द्विपक्षीय वार्ता आजै
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणमा मंगलबार साँझ काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरे । परराष्ट्र मन्त्रालयका अनुसार यहाँ रहँदा युएईका उपप्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेट गर्...

नेपाल आइपुगे भारतका विद्युत् मन्त्री

नेपाल आइपुगे भारतका विद्युत् मन्त्री
काठमाडौं । भारतका विद्युत् तथा आवास मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन् । मन्त्री मनोहरलाल खट्टर दुई दिने औपचारिक भ्रमणका लागि केहीबेर अघि नेपाल आइपुगेका हुन् । उनको नेपाल भ्रमण ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा हुँदैछ। मन्त्री खड्काले माघ ३० गते भारत भ्रमणका क्रममा खट्टरलाई नेपाल आउन निमन्त्रणा दिएका थिए । भ्रमणका क्रममा मन्त्री खट्टर र मन्त्री खड्काले संयुक्त रूपमा भारतको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० क...

अमेरिकी उपराष्ट्रपति भारत भ्रमणमा

अमेरिकी उपराष्ट्रपति भारत भ्रमणमा
काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भेन्स आज चार दिने भारत भ्रमणका लागि दिल्ली आइपुग्दै छन् । उनीहरूको स्वागतका लागि सडकहरूमा ठूला–ठूला होर्डिङहरू राखिएको छ भने दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । भारतीय मूलकी श्रीमती ऊषा र तीन सन्तानसहित आज बिहान भारत भ्रमणमा आउन लागेका भेन्सले आजै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेन्स दिल्ली आइपुगेपछि सबैभन्दा पहिले आफ्ना परिवारसहित स्वामीनारायण अक्षरधाम मन्दिर जानेछन् । भारतीय समय अनुसार आज साँझ साढे ...

शेख हसिनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा निवेदन

शेख हसिनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा निवेदन
काठमाडौं । बंगलादेश प्रहरीको राष्ट्रिय अपराध ब्युरो (एनसीबी) ले अपदस्थ प्रधानमन्त्री शेख हसिनासहित १२ जनाविरुद्ध रेड नोटिस जारी गर्न अनुरोध गर्दै इन्टरपोललाई पत्र पठाएको छ । बंगलादेशको पत्रिका द डेली स्टारका अनुसार प्रहरी मुख्यालय (पीएचक्यू) का सहायक महानिरीक्षक (मिडिया) इनामुल हक सागरले यसको पुष्टि गर्दै एनसीबीले अदालत, सरकारी वकिल वा अनुसन्धान एजेन्सीबाट प्राप्त पुनरावेदनका आधारमा इन्टरपोललाई यस्तो अनुरोध गर्ने बताए । सरकारी जागिरमा आरक्षणविरुद्ध विद्यार्थीहरूले गरेको आन...

चीनसँगको व्यापार युद्ध अन्त्य गर्ने ट्रम्पको संकेत

चीनसँगको व्यापार युद्ध अन्त्य गर्ने ट्रम्पको संकेत
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको चलिरहेको व्यापार युद्ध अन्त्य गर्ने संकेत दिएका छन् । साथै, उनले सामाजिक सञ्जाल टिकटकको भविष्यसम्बन्धी सम्झौता गर्न अझै केही समय लाग्न सक्ने बताएको समाचार संस्था रोयटर्सले जनाएको छ । ट्रम्पले चीनविरुद्ध लगाएको अत्यधिक आयात करका कारण सेयर बजारमा व्यापक असर परिरहेको छ । ट्रम्पले ह्वाइट हाउसमा भेला भएका पत्रकारहरूसँग भने, “म यो आयात कर अझ बढोस् भन्ने चाहन्नँ किनभने एक निश्चित सीमापछि मानिसहरूले खरिद नै गर्न सक्ने छैनन् ।...

तालिबानलाई ‘आतङ्कवादी’को लेबलबाट हटायो रुसले

तालिबानलाई ‘आतङ्कवादी’को लेबलबाट हटायो रुसले
काठमाडौँ । रुसको सर्वोच्च अदालतले बिहीबार अफगानिस्तानका वास्तविक शासकहरूसँग मैत्रीपूर्ण सम्बन्ध निर्माण गर्ने उद्देश्यले प्रतीकात्मक सङ्केतका रूपमा तालिबानको पदनाम ‘आतङ्कवादी सङ्गठन’ बाट हटाएको छ । देशको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई समर्थन गर्ने अमेरिकी सेनाहरू बाहिर निस्किएपछि इस्लामिक समूह तालिबानले सन् २०२१ अगस्टमा अफगानिस्तानमा सत्ता कब्जा गरेको थियो । मस्कोले अमेरिकी फिर्तीलाई ‘असफलता’ भनेको थियो र त्यसयता तालिबान अधिकारीहरूलाई सम्भावित आर्थिक साझेदार र आत...

दक्षिण सुडानका सबै नागरिकको भिजा रद्द गर्दै अमेरिका, नयाँ भिजा पनि जारी नहुने

दक्षिण सुडानका सबै नागरिकको भिजा रद्द गर्दै अमेरिका, नयाँ भिजा पनि जारी नहुने
काठमाडौं । डोनाल्ड ट्रम्प सत्ताका अधिकारीहरू बिच्किएमा कतिसम्म बिच्किन्छन् र निर्णय गर्छन् भन्ने एक नजिर बनेको छ दक्षिण सुडानसँगको सम्बन्ध । अवैध आप्रवासीहरूलाई फिर्ता लाने सवालमा दुई देशको कुरा नमिल्दा अमेरिकाले सबै दक्षिणी सुडानका नागरिकहरूको भिजा रद्द गर्ने निर्णय गरेको छ । अमेरिका त्यत्तिमै रोकिएन, अब दक्षिण सुडानका नागरिकलाई अरू थप भिजा पनि जारी नहुने भएको छ । अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर लेन्डाउ र विदेशमन्त्री मार्को रुबिओले भिजा रद्द गरिएको सवाल पुष्टि गर...

शेख हसिनाको स्वदेश फर्कने संकेत

शेख हसिनाको स्वदेश फर्कने संकेत
काठमाडौँ । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले चाँडै स्वदेश फर्कने संकेत दिएकी छन्। यद्यपि उनले यस विषयमा स्पष्ट रूपमा केही भनेकी छैनन् । यस क्रममा उनले बंगालादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसलाई गम्भीर आरोप पनि लगाएकी छन् । हसिनाले बंगलादेश एक ‘आतंकवादी देश’मा परिणत भएको टिप्पणी गरेकी छन्। यस्तै उनले बंगलादेशमा यो वर्षको अन्त्यमा चुनाव हुने सम्भावना रहेको दाबी पनि गरेकी छन् । सामाजिक सञ्जालमा अवामी लिगका नेताह...

ओलीसँगको भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले भनेः भारतले नेपालको सम्बन्धलाई धेरै महत्त्व दिएको छ

ओलीसँगको भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले भनेः भारतले नेपालको सम्बन्धलाई धेरै महत्त्व दिएको छ
काठमाडौँ । थाइल्याण्डमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मोदीले प्रधानमन्त्री ओलीसँग भेट गरेको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै उनले बैंककमा ‌ओलीसँगको भेटघाट उपलब्धीमूलक भएको बताएका छन् । भारतले नेपाललाई सम्बन्धको हिसाबले प्राथमिकतामा राखेको उनले उल्लेख गरेका छन् । भेटवार्तामा विभिन्न पक्षलाई लिएर वार्ता भएको उनले बताएका छन् । नेपाल-भारतमैत्री सम्बन्ध,उर्जा, संस्कृति तथा सूचना प्रविधिको बारेमा कुराकानी भएको प्रधानमन्त्री...

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरुबीच भेटवार्ता भएको हो ।
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com