गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुनः राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्न राजनीतिक उपलब्धिहरू मात्र पर्याप्त नहुने भन्दै राजनीतिक उपलब्धिलाई नागरिकको जीवनसँग जोड्नका लागि हाम्रो शासकीय चरित्रलाई बदल्नु पर्ने बताएका छन । गणतन्त्र दिवस, २०८२ को अवसरमा शुभकामना दिदैँ राष्ट्रपति पौडेलले शासकीय चरित्र, राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने पनि बताएका हुन ।
आफ्नो सन्देशमा उनले भने, ‘हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ । हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई ब...