गलत सोच र प्रवृक्तिको यथार्थ चित्रण तिनकुने घटना
बसन्त परियार
तत्काल अधिकारसम्पन्न एक जाँचबुझ समिति गठन गर्ने र सम्पूर्ण पक्षको विश्वसनीय र विधिवत छानबिन गर्न उचित हुन्छ । अब उद्दण्ड खेतालामार्फत हिंसा मच्चाउने र देशलाई स्थायी अस्थिरतामा लगेर दाउमा राख्ने, सत्ताको च्याँखे थाप्ने अनि विधिवत जनअनुमोदनबिना वा संसद् छलेर कोही व्यक्ति सर्वोच्च शासक बन्ने सपना देख्ने कुनै गुन्जायस बाँकी छैन भनेर पनि संसद्ले सुन्न, देख्न र बोल्न पाउने र सर्वसाधारणले समेत प्रस्ट बुझ्ने गरी प्रतिवेदन लेखिनु अनिवार्य देखिन्छ । ताकि सत्ता वा...