आमसभा स्थगित गरेर पूर्वराजालाई विमानस्थलमा स्वागत गर्दै राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वनिर्धारित आमसभा स्थगित गरेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम राखेको छ ।
पूर्वराजा शाह आगामी २५ फागुनमा पोखराबाट काठमाडौं आउँदैछन् । सोही दिन राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा आमसभा राखेको थियो ।
तर, बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले आमसभा स्थगित गर्ने र पूर्वराजाको स्वागतमा विमानस्थलमा उपस्थित हुन आह्वान गरेको छ ।
‘पोखराबाट राजाको उक्त सन्देश पछिको पहिलो काठम...