कुलेखानी-कलंकी सडक १९ दिनका लागि बन्द गरिने
काठमाडौं । हेटौँडाबाट काठमाडौं आवतजावत गर्ने मुख्य वैकल्पिक सडक कुलेखानी–कलंकी–हुमाने सडक खण्ड १९ दिनका लागि बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जेठ २ गतेदेखि २० गतेसम्म सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेँलद्वारा हस्ताक्षरित सूचनामा सडक कालोपत्र गर्ने कार्यका लागि इन्द्रसरोवर गाउँपालिकाभित्र पर्ने उक्त सडकखण्डमा यातायात पूर्णरूपमा रोक लगाइएको जनाइए...