बालेनले तोकेको जिम्मेवारी तीन वडाध्यक्षले गरे अस्वीकार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले तोकेको जिम्मेवारी तीनजना वडाध्यक्षले अस्वीकार गरेका छन् ।
जिम्मेवारी तोकिएको, तर कार्यपालिका बैठकबाट अनुमोदन नभएको भन्दै उनीहरूले जिम्मेवारी अस्वीकार गरेका हुन् । गत वर्षको पुस ८ गतेपछि महानगरको कार्यपालिका बैठक बस्न सकेको छैन ।
बालेनले यही जेठ १ गते बिहीबार सूचना प्रविधि समिति संयोजकबाट मानन्धरलाई हटाएर काठमाडौं–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापति, सुशासन समिति संयोजकबाट काठमाडौं–२६ का वडाध्यक्ष ख्यामराज तिवार...