राजावादीहरुले आज सिफलचौरमा प्रदर्शन गर्ने
काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्दैछन् ।
राजावादीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज दिउँसो २ बजे सिफल चौरबाट प्रदर्शन सुरु हुने जानकारी दिएका छन् ।
उनीहरुले जेठ १९ गते सोमबार विरोध प्रदर्शन गरेका थिएनन् । जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै प्रदर्शन नगरेका राजावादीहरुले आज भने प्रदर्शन गर्ने जनाएका छन्...