FlashNepal
आइतबार, जेठ २४, २०८३  |  June 7, 2026

मुख्य समाचार

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी
काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो । गत वर्ष यसै अवधिमा ९ खर्ब ३९ अर्ब रुपैयाँ संकलन भएको थियो । अहिले संकलित राजस्व लक्ष्यको ८३.२२ प्रतिशत हो । चालू वर्षको जेठ महिनासम्मको लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ थियो । चालू आर्थिक वर्षको जेठ महिनामा ९४ अर्ब २ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको जेठ महिन...

सुनचाँदीका मुल्यमा बृद्दी

सुनचाँदीका मुल्यमा बृद्दी
काठमाडौं । आज सुनको मूल्य तोलामा चार हजार २०० ले वृद्धि भएको छ भने चाँदी पनि १५ रूपैयाँले बृद्दी भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुन एक लाख ९७ हजार १०० कायम भएको छ । हिजो सुन १ लाख ९४ हजार ९ सयमा कारोबार भएको थियो । एक तोला चाँदी दुई हजार १६५ मा कारोबार भइरहेको छ।

पत्रकार पाठकविरुद्ध साईबर ब्यूरोमा उजुरी दिएको परराष्ट्रमन्त्रीकाे स्विकाराेक्ती

पत्रकार पाठकविरुद्ध साईबर ब्यूरोमा उजुरी दिएको परराष्ट्रमन्त्रीकाे स्विकाराेक्ती
काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध साईबर ब्यूरोमा उजुरी दिएको परराष्ट्रमन्त्री आरजु राणाले स्वीकार गरेकी छन्। जयबीर देउवाको उजुरीको आधारमा पाठक माथी पक्राउ पुर्जी जारि गरिएको पहिलो पटक जानकारी दिएकी हुन । पत्रकार पाठक बिरूद्द पक्राउ पुर्जी जारी भएको भनिए पनि न त पाठकले, न त राणाले न साइबर ब्युरोले नै औपचारिक जानकारी दिएका थिए तर रिपब्लिक मिडिया प्रालिकी निर्देशक शोभा ज्ञवालीलाई धम्की दिएको भन्ने समाचार प्रकाशित भए पछि उनले लामो स्पष्टीकरण दिएकी छिन् । उनले निर्देशक ज्ञवाल...

दुर्गा प्रसाइसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा

दुर्गा प्रसाइसहित ७ जना जेल चलान, ३२ जना धरौटीमा रिहा
काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । पुर्पक्षका लागि जेल पठाइएकामा प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन् । अदालतले सोही घटनामा संलग्न रहेको भन्दै पक्राउ परेका अरू ३२ जनालाई भने धरौटीमा छोड्न आदेश दिएको छ । न्...

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त र प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन आग्रह गरेका छन । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अभियोजन र प्रमाणहरुका तथ्यले दुविधारहितरुपमा न्याय सम्पादन हुन सक्ने गरी अनुसन्धानज र अभियोजन गर्न आग्रह गरेका हुन । “समाजमा अन्याय हुन नदिन र सामाजिक सुप्रबन्धका लागि अनेक खोज अध्ययन, अनुसन्धान गरेर मनवोचित...

मेयर बालेन र उपमेयर सुनिताबीच भेटवार्ता, कार्यपालिका बैठक राख्ने सहमति

मेयर बालेन र उपमेयर सुनिताबीच भेटवार्ता, कार्यपालिका बैठक राख्ने सहमति
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलबीच लामो समयको संवादहीनता तोडिएको छ । बुधबार केही वडाध्यक्षसहित मेयर र उपमेयरबीच भेटवार्ता भएको हो । वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न प्रारम्भिक सहमति भएको छ । अहिले झण्डै ६ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन, यसले महानगरको नीति तथा कार्यक्रम र बजेटको तयारी नै बिथोलिएको छ । यसको प्रमुख कारण नै बालेन र सुनिताबीचको टकराव थियो ।

प्रतिनिधि सभाको बैठक बस्दै, प्रतिपक्षीको अवरोध हट्ला ?

प्रतिनिधि सभाको बैठक बस्दै, प्रतिपक्षीको अवरोध हट्ला ?
काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । छैटौँ अधिवेशनको २७औँ बैठक बिहीबार दिनको ३ बजेका लागि बोलाइएको हो । तर केही दिनदेखि संसद् अवरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएको छ । ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका विपक्षी दलहरूले लगातार संसद बैठक अवरुद्ध गर्दै आएका छन् । सोही कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको हो । पटक–पटक सहमतिका लागि दलहरु...

नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथी छलफल हुदैँ

नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथी छलफल हुदैँ
काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्

गर्मीमा म्याङ्गो शेक पिउनुहोस, ३०० क्यालोरी पाउनुहोस्
काठमाडौं । गर्मीमा मानिसहरु आँप खान मन पराउँछन्, यसलाई फलफूलको राजा पनि भनिन्छ । यसका धेरै प्रजातिहरू छन् जस्तै दशहरी, माल्दव, चौसा लङ्ग्रा, अल्फासो र केशर सबैभन्दा प्रख्यात रहेका छन्। ती मध्ये दशहरी र माल्दव आँप धेरै लोकप्रिय रहेका छन्। आँपलाई विभिन्न तरिकाले आहारमा समावेश गरिन्छ । कसै कसैले यसलाई सामान्य रूपमा पिसे पछि खान मन पराउँछन्। तर, पनि धेरैलाई यो गर्मीमा म्याङ्गो शेक पिउन मन पर्छ । सिमित मात्रामा सेवन गर्दा राम्रो हुन्छ। आँपमा पोटासियम, फाइबर, एन्टिअक्सिडेन्ट,...

सुकुम्बासी बस्तीमा खानेपानीका लागि आजपाको यस्तो छ संघर्षका कार्यक्रम

सुकुम्बासी बस्तीमा खानेपानीका लागि आजपाको यस्तो छ संघर्षका कार्यक्रम
काठमाडौं । आम जनता पार्टी (आजपा)ले काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानीका लागि संघर्ष गर्ने निष्कर्ष निकालेको छ । खानेपानीका लागि आजपाले आन्दोलनसहित संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । आजपा काठमाडौं उपत्यका विशेष कमिटी र आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघको आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको पदाधिकारी बैठकले सुकुम्बासी बस्तीमा खानेपानीका लागि संघर्ष सहित आन्दोलनको कार्यक्रम अगाडी बढाउने निर्णय गरेको हो । बैठकमा संघका पदाधिकारी एवं अगुवा ने...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com