FlashNepal
सोमबार, साउन ११, २०८३  |  July 27, 2026

मुख्य समाचार

रसुवा बाढी : १५ जना बेपत्ता, ९ जनाको सकुशल उद्धार

रसुवा बाढी : १५ जना बेपत्ता, ९ जनाको सकुशल उद्धार
रसुवा, २४ असार । चीनतर्फबाट आएको बाढीका कारण रसुवाको टिमुरे क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । ‘ आज बिहान आएको बाढीमा परी १५ जना बेपत्ता भएका छन् भने ९ जनाको सकुशल उद्धार गरिएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार बेपत्ता हुनेमा तीन जना प्रहरी, ६ जना नेपाली कामदार, ४ जना चिनियाँ मजदुर र २ जना ड्राइभर रहेका छन् । बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पनि बगाएको छ । बाढीले टिमुरेस्थित भन्सार कार्यालय परिसर (यार्ड)मा राखिएका गाडी बगाएको छ ।​

आजको मौसमः मधेसबाहेक अन्य प्रदेशमा पानी पर्ने

आजको मौसमः मधेसबाहेक अन्य प्रदेशमा पानी पर्ने
काठमाडौं, २४ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको एक( दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित...

चिकित्सकले ठप्प पारे आकस्मिक बाहेकका सेवा

चिकित्सकले ठप्प पारे आकस्मिक बाहेकका सेवा
काठमाडौं, २३ असार । चिकित्सकहरूले आज देशभर आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक संघको आन्दोलनको अगुवाईमा आज उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन् । सेवा ठप्प हुँदा बिरामीहरू मारमा परेका छन् ।

भोजपुरमा ज्वाइँले ससुराली पुगेर गरे श्रीमतीसहित चारजनाको हत्या

भोजपुरमा ज्वाइँले ससुराली पुगेर गरे श्रीमतीसहित चारजनाको हत्या
काठमाडौं, २२ असार । भोजपुरमा एकै परिवारका चारजनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारीअनुसार रामप्रसाद राई गाउँपालिकामा ज्वाइँले सासु ससुरासहित चारजनाको हत्या गरेका हुन् । प्रहरीका अनुसार बेलबहादुर गिरी, मञ्जु गिरी, मनिषा गिरी र सपन गिरीको हत्या भएको छ। ज्वाइँ राजेन्द्र राईले उनीहरुको सामूहिक हत्या गरेको प्रहरीले जनाएको छ । राजेन्द्रले परिवारका चार जनाको हत्या गरेपछि आफैँले प्रहरीलाई फोन गरेका थिए । मनिषा राजेन्द्रकी श्रीमती र सपन सालो भएको प्रह...

कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं, २२ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमा...

नेपालमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह

नेपालमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
काठमाडौं, २० असार । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधि मण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गरेका हुन् । ‘निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । नीतिहरु लगानीमैत्री छन् । लगान...

कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक

कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
सुर्खेत, २० असार । कर्णाली राजमार्गअन्तर्र्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ । प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, “अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुनसमेत अनुरोध गर्दछौँ ।”

धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त हुँदा ६ प्रहरी घाइते

धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त हुँदा ६ प्रहरी घाइते
जनकपुरधाम, २० असार । धनुषामा सशस्त्र प्रहरी र तस्करबीच गएराति भिडन्त हुँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । स्थिति नियन्त्रणमा लिने क्रममा चार राउड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ । धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीस्थित नेपाल–भारत सीमा नजिक भिडन्त भएको हो । धनुषाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) निर्मल खड्काका अनुसार बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित...

डेङ्गुबाट करिब ६० हजार जना सङ्क्रमित हुने अनुमान, सर्तक रहन महाशाखाको आग्रह

डेङ्गुबाट करिब ६० हजार जना सङ्क्रमित हुने अनुमान, सर्तक रहन महाशाखाको आग्रह
काठमाडौं, १९ असार। इपिडियमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अबका चार महिना डेङ्गु सङ्क्रमणको सर्वाधिक जोखिमयुक्त समय भएकोले सतर्क रहन आग्रह गरेको छ । यसवर्ष करिब ६० हजार जना डेङ्गु रोगबाट सङ्क्रमित हुनसक्ने अनुमान महाशाखाको छ । महाशाखाद्वारा आयोजित अन्तक्रिर्यामा विज्ञहरुले डेङ्गुबाट हुने मानवीय क्षति रोक्न लामुखुट्टेको प्रजनन प्रणाली नष्ट गर्ने सर्वाधिक सरल र प्रभावकारी उपाय भएको बताए । कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्ण दाहालले डेङ्गु सार्ने प्रजातिको लामखुट्टे नष्ट गर्...

गायक हिरा रणपालको नयाँ गीत “सम्झेर रुँदैछु” आउँदै

गायक हिरा रणपालको नयाँ गीत “सम्झेर रुँदैछु” आउँदै
काठमाडौं, १९ असार । ब्यवसायिकता संगसंगैं पछिल्लो समय स्वर, संगीत एवं अभिनयमा समेत सक्रिय रहेका चर्चित गायक हिरा रणपालको नंयाँ गित तयार भएको छ ।पछिल्लो समय पाश्चात्य एवं आधुनिक गीत सङ्गीतकोे प्रभावसँगै नेपाली मौलिकता झल्काउने परम्परागत लोकभाका हराउँदै गएका छन् । लोकभाकाहरु समाजबाट हराउँदै जाँदा चिन्ता बढ्न थालेको छ । गाउँघर, मेलापात, गोठाला, वनपाखा, खेतीपाती, विहे, हाटबजार, जात्रामा गाइने लोकभाकालाई टपक्कै टिपेर गीत बनाउन सिपालु रणपाल अनावश्यक चर्चा मन नपराउने, सस्तो चर्चाब...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com