FlashNepal
आइतबार, साउन १०, २०८३  |  July 26, 2026

मुख्य समाचार

त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ

त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा डा दीपक अर्यालले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले सपथ लिएका हुन । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तलगायत सहभागी थिए । कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा अर्याललाई आज नियुक्त गरेका थि...

बारामा ट्राफिकको ‘हेलमेट अभियान’ प्रभावकारीः ९५ प्रतिशत चालक हेलमेट प्रयोग गर्न थाले

बारामा ट्राफिकको ‘हेलमेट अभियान’ प्रभावकारीः ९५ प्रतिशत चालक हेलमेट प्रयोग गर्न थाले
इन्दीप कोइराला, बारा- बारा, २५ असार ।  ट्राफिक प्रहरीद्वारा सञ्चालनमा ल्याइएको ‘हेलमेट लगाउने अभियान’ प्रभावकारी बन्दै गएको छ। अभियानअन्तर्गत बस्ती–बस्तीमा पुगेर ट्राफिक प्रहरी जनचेतना फैलाउँदै हिँडेपछि मोटरसाइकल चालकहरूमा हेलमेटप्रति सकारात्मक परिवर्तन देखिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख तथा प्रहरी निरीक्षक दीपक केसीका अनुसार अभियान सुरु गर्नुअघि करिब ६० प्रतिशत चालकले हेलमेट प्रयोग नगर्ने अवस्था थियो। “अहिले त्यो संख्या घटेर पाँच प्रतिशतभन्दा कममा झ...

यी गम्भीर ८ रोगका बिरामीलाई २ लाखसम्मको उपचार सुविधा

यी गम्भीर ८ रोगका बिरामीलाई २ लाखसम्मको उपचार सुविधा
काठमाडौं, २५ असार, । अब क्यान्सर, मुटु,मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले दुई लाखसम्मको उपचार सेवा पाउने भएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएकाले पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न बताए । ममन्त्री पौडेलले भने, ‘कडा रोग लागेर स्वास्थ्य उपचारक...

रसुवा बाढी अपडेटः प्रहरी सहायक निरीक्षकसहित नौ जनाको शव फेला

रसुवा बाढी अपडेटः प्रहरी सहायक निरीक्षकसहित नौ जनाको शव फेला
काठमाडौं, २५ असार । रसुवामा मंगलबार गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको हो । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता रहेका छन् । उक्त बाढीमा परेर रसुवाबाट हराइरहेका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको हो । कूल २० जना बेपत्ता रहेकामा उनको शव फेला परेपछि अब १९ जना बेपत्ता रहेका प्रहरीको केन्द्रीय प...

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध
काठमाडौं, २४ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधाारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम...

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काठमाडौं, २५ असार । बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन् । यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङक...

प्राधिकरणका निर्देशक शाक्यले सार्वजनिक गरे १०० दिने कार्यप्रगति

प्राधिकरणका निर्देशक शाक्यले सार्वजनिक गरे १०० दिने कार्यप्रगति
काठमाडौं, असार २४ । नेपाल विद्युत प्राधिकरणका निर्देशक हितेन्द्रदेव शाक्यले आफूले प्राधिकरणको नेतृत्व सम्हालेको सय दिनको कार्यप्रगति सार्वजनिक गरेका छन् ।मंगलबार उनले आफ्नो सय दिनको कार्यप्रगति सार्वजनिक गर्दै प्रसारण लाइन तथा सवस्टेशन निर्माणमा क्रमशः १०४ सर्किट किमी र ३६६ एमभीए वृद्धि भई हालसम्म कुल ६ हजार ७ सय ६९ सर्किट किमीको प्रसारण प्रणाली तथा १४ हजार १ सय २९ एमभीए क्षमताको सवस्टेशन निर्माण सम्पन्न भएको जानकारी गराए । उनले भने, ‘प्रसारण लाइन (क्षमता अभिवृद्धि समेत गर...

रसुवा बाढीः ५५ जनाको उद्धार, १८ बेपत्ता

रसुवा बाढीः ५५ जनाको उद्धार, १८ बेपत्ता
काठमाडौं, २४ असार । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढीस्थित लेन्दे नदीमा आएको बाढीमा परेका ५५ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरीका अनुसार, १८ जना सम्पर्कविहीन छन् । तीन प्रहरी, ६ चिनियाँ नागरिक र ९ जना सर्वसाधारण बेपत्ता भएका छन् । रसुवागढीस्थित नेपाल–चीन सीमानाकामा चीनतर्फ अविरल वर्षाको कारण लेन्दे नदीमा बाढी आउँदा उनीहरू बेपत्ता भएका हुन् । त्यस्तै, मंगलबार दिउँसो ३ बजेसम्म सातजनाको शव फेला परेको प्रहरीले जनाएको छ ।  

देशको व्यापार घाटा झण्डै १४ खर्ब पुग्यो

देशको व्यापार घाटा झण्डै १४ खर्ब पुग्यो
काठमाडौं, २४ असार । चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिनाको अवधिमा मुलुकको कूल व्यापार घाटा झण्डै रु १४ खर्ब बराबर पुगेको हो । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरणअनुसार, कुल वस्तु व्यापार घाटा ६।३ प्रतिशतले वृद्धि भई रु १३ खर्ब ९७ अर्ब २३ करोड बराबर पुगेको छ । कुल वस्तु आयात १३ दशमलव एक प्रतिशतले वृद्धि भई रु १६ खर्ब ४४ अर्ब ८० करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आयातमा एक दशमलव आठ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अ...

यी हुनु भोटेकोशी बाढीमा सम्पर्कविहीन हुने प्रहरीसहित १८ जना चिनियाँ र नेपाली नागरिक

यी हुनु भोटेकोशी बाढीमा सम्पर्कविहीन हुने प्रहरीसहित १८ जना चिनियाँ र नेपाली नागरिक
काठमाडौँ, २४ असार। रसुवागढी नाकास्थित भोटेकोशी नदीमा मंगलबार आएको बाढीमा सम्पर्कविहीन १८ जनाको नामावली सार्वजनिक गरिएको छ । सम्पर्कविहीन हुनेमा ३ प्रहरी, ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ । सम्पर्कविहीन हुनेहरू नेपाल प्रहरी प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत रामेछाप लिखु तामाकोशी गाउँपालिका(४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भई इलाका प्र...
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com