तपाई गलत तरिकाले त चिया पिइरहनु भएकाे छैन, याे हाे सही तरिका
काठमाडौं, ३० असार । अधिकांश मानिसहरूलाई जोड्ने एउटा कुरा छ भने त्यो हो चिया । बिहानको सुरुवात होस् वा साँझको थकान, साथीभाइसँग गफगाफ होस् वा एक्लै रमाइलो पल, हरेक अवसरमा चिया हामीसँगै हुने गर्दछ । धेरै मानिसहरूको लागि, चिया एक पेय मात्र होइन, भावना पनि हो।
अन्तर्राष्ट्रिय चिया दिवस चिया मन पराउनेहरुका लागि मात्र मनाइन्छ । यो हरेक वर्ष मे २१ मा मनाइन्छ, जो हिजो मनाइएको थियो। तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि हामीले दिनहुँ रमाइलो गरी पिउने चियामा हुने केही सामा...