राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन
ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन् । आइतबार अपराह्न ललितपुरको जावलाखेलमा आयोजित भोटो जात्रामा सरिक भई उनले सो जात्रा अवलोकन गरेका हुन् । गुठी संस्थान ललितपुरका कर्मचारीले सो भोटो देखाएका थिए । मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल र्पुयाइएको चौथो दिन भोटो देखाउने परम्परा छ ।
सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवीकुमारीको दर्शन पनि गरे । भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रा...