FlashNepal
बुधबार, आषाढ २४, २०८३  |  July 8, 2026

काठमाडौं । राजधानीको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता–कार्यकर्तामाथि आज अनुसन्धानका लागि म्याद थप हुने भएको छ ।

पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रवक्ता स्वागत नेपाल, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, धर्मगुरु पुष्कर खतिवडासहित ९ जनाविरुद्ध आज अनुसन्धानका लागि म्याद थप हुने भएको हो ।

प्रहरीले उनीहरूलाई ‘राज्यविरुद्धको अपराध कसुर’ अन्तर्गत कारबाही अघि बढाउने तयारी गरेको छ । शुक्रबारको प्रदर्शनमा हिंसात्मक झडप भएपछि प्रहरीले ११३ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले आवश्यक अनुसन्धानपछि अन्य पक्राउ परेकाहरूलाई पनि संगठित अपराध, आगजनी, ज्यान मार्ने उद्योग जस्ता विभिन्न अभियोगमा कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ । प्रदर्शनलाई उग्र बनाउने मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईँ भने फरार रहेका छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com