FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

विपक्षीको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।  विपक्षीले अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका हुन्।  विपक्षी दलहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन्। आज प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षी दलहहरूले उभिएर विरोध जनाएका थिए । सभामुखले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सांसद शक्ति बस्नेतलाई समय दिए। उनले घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन अवरोध गर्ने विपक्षी दलको निर्णय सुनाए।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com