FlashNepal
आइतबार, साउन १०, २०८३  |  July 26, 2026

काठमाडौँ, २४ असार। रसुवागढी नाकास्थित भोटेकोशी नदीमा मंगलबार आएको बाढीमा सम्पर्कविहीन १८ जनाको नामावली सार्वजनिक गरिएको छ । सम्पर्कविहीन हुनेमा ३ प्रहरी, ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीन हुनेहरू

नेपाल प्रहरी

प्रहरी चौकी हाकु रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत रामेछाप लिखु तामाकोशी गाउँपालिका(४ का ४२ वर्षीय प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ
जिल्ला प्रहरी कार्यालय पर्सा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत बारा फेटा गाउँपालिका(१ का २४ वर्षीय प्रहरी जवान मुन्ना ठाकुर
प्रहरी चौकी लाङटाङ रसुवा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरे रसुवामा कार्यरत बझाङको बुंगल नगरपालिका(९ का २३ वर्षीय प्रहरी जवान लोकेन्द्र बोहोरा

चिनियाँ नागरिक

यु युए
ली ह्वाचिङ
याङ चुवान
यु हाई हाङ
यु सियाओ चिउ
चोउ योङ

नेपाली नागरिक

बर्दियाका ३६ वर्षीय जिपन चौधरी
बर्दियाका ३५ वर्षीय सन्तोष दहित
बर्दियाका २५ वर्षीय बुद्धिराम थारु
बर्दियाका २४ वर्षीय लक्ष्मीनारायण थारु
बर्दियाका ३० वर्षीय सुरेश थारु
बागलुङका नरेन्द्र विक
सिन्धुपाल्चोकका कन्टेनर डिब्बा चालक फुर्वा लामा
वतन नखुलेको मिक्चर चालक गोविन्द मोक्तान
हाइलक्स चालक लोकमान तामाङ

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com