FlashNepal
सोमबार, साउन ११, २०८३  |  July 27, 2026

काठमाडौं । आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले सिर्जनात्मक, रचनात्मक ढंगले संसद्को निकास निकाल्न लाग्ने निर्णय गरेको हो ।

बैठकपछि बोल्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्नका लागि अधिकतम जोड रहने बताए । उनले भिजिट भिसा प्रकरणमा छानबिन हुनुपर्ने बताए । उनले भने, ‘गम्भीर विषयमा छानबिन गर्न आवश्यक छ । मुख्यतया छानबिन हुनुपर्छ। व्यक्तिगतमा त्यति ध्यान छैन ।’

प्रवक्ता सापकोटाले संसद्को अवरोध हटाउन निरन्तर छलफल भइरहेको पनि बताए । उनले भने,‘यसलाई सकारात्मक निकास दिनुपर्छ । सरकार पक्ष र विपक्ष पार्टीसँग पनि छलफल गर्नुपर्ने छ।

धेरै गम्भीर विषय भएकाले छानबिनका लागि एउटा बाटो बनाउनु पर्छ र सदनमा छलफलको बाटो पनि हुनुपर्छ भन्ने आजको छलफलमा निष्कर्ष निस्केको छ ।’ प्रवक्ता सापकोटाले अन्य विपक्ष दलहरूसँग छलफल गरेर अघि बढ्ने निर्णय भएको बताए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com