FlashNepal
मंगलबार, साउन १२, २०८३  |  July 28, 2026

काठमाडौं । सभामुख देवराज घिमिरेले सदन सञ्चालनबारे प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षविहीन बनेको छ ।

प्रतिनिधिसभाको बैठकपूर्व सभामुख घिमिरेले सदन अवरोधबारे प्रमुख सचेतकसँग छलफल गरेका थिए । तर, सत्तापक्ष र विपक्षी दलले अडान नछाडेपछि बैठक निष्कर्षविहीन बनेको हो ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन गर्नुपर्ने माग गरिरहेका छन् । तर, सत्तापक्ष समिति गठन गर्न तयार छैन ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com