FlashNepal
आइतबार, साउन १०, २०८३  |  July 26, 2026

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवताभन्दा ठूलो अर्को कुनै जात नहुने बताएका छन् ।

जातीय छुवाछूत उन्मूलन दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले जात, थर, वा जन्मले नभएर कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउन आश्यक रहेको बताएका छन् ।

उनले आमाले जन्म दिँदा जात नजन्माएर नवजात मानव जन्माउने कुराको पनि स्मरण गराएका छन् । जातीय छुवाछूत उन्मूलनका लागि समभाव र समानताको विकास गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

प्रधानमन्त्री ओलीले शुभकामना दिँदै भनेका छन्, ‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्। नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो। मानवता भन्दा माथि कुनै जात छैन ।

रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ। हामीले जात, थर, वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ।’

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com