FlashNepal
मंगलबार, भाद्र ०९, २०८३  |  August 25, 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० को सचिवालयले वडा नम्बर १७ का अध्यक्ष तथा महानगरका प्रवक्ता नवीन मानन्धरलाई स्पष्टीकरण सोधेको छ । बालेन नजिक रहेका काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई स्पष्टीकरण सोधिएलगत्तै मानन्धरलाई पनि सोधिएको छ ।

अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा बाहिर रहेर व्यक्तिगत चरित्र हत्या, सामाजिक प्रतिष्ठामा गम्भीर आँच पुर्‍याउने कार्य गरेको भन्दै स्पष्टीकरण सोधिएको हो । प्रवक्ता मानन्धरले स्पष्टीकरण सोधिएको बताए । “मलाई फोन आएको थियो स्पष्टीकरण लिन आउनु भनेर तर, म पत्र लिन जान्न,” उनले बाह्रखरीसित भने ।

मेयर बालेनले पाँच महिनादेखि कार्यपालिका बैठक बोलाउन सकेका छैनन् । २०८१ चैत १० गते कार्यपालिका माग गर्दै कांग्रेसबाट निर्वाचित सबै वडाध्यक्षहरुले बालेनलाई ज्ञापनपत्र बुझाएका थिए । मानन्धरलगायतका वडाध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेश गराउने क्रममा मुख्य भूमिका खेलेका थिए ।

वडाध्यक्षहरुले बालेनको एकल निर्णयले महानगर नचल्ने भन्दै विरोध गर्दै आएका छन् । यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com