FlashNepal
मंगलबार, साउन १९, २०८३  |  August 4, 2026

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको  गभर्नर सिफारिस समितिको बैठक बस्दैँछ ।

मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक अघि अपराह्न ४ बस्ने बस्ने सिफारिस समितिको बैठक बस्न लागेको हो ।

सो समितिले गभर्नरको नाम सिफारिस गरे पछि आज साँझ ६ः०० बस्ने भनिएको मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना बढेर गएको हो ।

अर्थमन्त्री पौडेल संयोजक रहेको सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेका छन् ।

गभर्नर नियुक्तिका बारेमा आजै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । उक्त भेटमा गभर्नरमा डा.विश्व पौडेललाई बनाउने बारेमा सहमति जुटेको जनाइएको छ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com