FlashNepal
बुधबार, आश्विन ०७, २०८३  |  September 23, 2026

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका लागि देउवाको गृहजिल्ला डडेलधुरा पुगेका प्रचण्डले देउवालाई फोन गरेका हुन् ।

प्रेस सेन्टर डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देउवासँग कुराकानी भएको बताए । उनले डडेलधुरामा न्यानो स्वागत पाएको सुनाए ।

उनले पत्रकारहरुसँग भने, ‘म यहाँ बस्दै गर्दा यो अब शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ, देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो । डडेलधुरामा स्वागत भन्नुभएको छ ।’

उनले फोन वार्तामा थप के कुराकानी भयो भने खुलाएनन् । उनले कांग्रेसका पुराना नेताहरुसहित अन्य राजनीतिक दलका नेताहरूसँग पनि कुराकानी भएको सुनाए ।

यसअघि १५ मंसिर २०८० मा नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग फोन वार्ता गरेका थिए । मेची-महाकाली अभियानको सिलसिलामा डडेलधुरा पुगेका ओलीले मोबाइलमार्फत देउवाकै गृहजिल्ला पुगेर फोनमा कुराकानी गरेका थिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com