FlashNepal
सोमबार, साउन ११, २०८३  |  July 27, 2026

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बुधबार साँझ ६ बजेका लागि सारिएको छ। यसअघि आज राति आठबजे बस्नेगरि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका थिए ।

प्रधानमन्त्रीको सचिवालयले बुधबार साँझ ६ बजे सिंहदरबारमा बस्नेगरि प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् बैठक आह्वान भएको जानकारी दिएको छ । सोमबार बस्न नसकेको बैठक आजका लागि बोलाइएको हो ।

आजको बैठकले गभर्नर नियुक्तिको लागि गठित सिफारिस समितिमा एकजना सदस्य नियुक्त गर्ने सम्भावना छ । समितिका सदस्य डाक्टर विश्व पौडेलले राजीनामा दिएपछि सिफारिस समितिको एकपद रिक्त छ ।

प्रमुख सत्तारुढ दल कांग्रेस एमालेबीच विश्व पौडेललाई गभर्नर बनाउने आन्तरिक सहमती भइसकेको छ । पछिल्लो केही समययता गभर्नर नियुक्तिको विषय पेचिलो बन्दै गएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com