FlashNepal
सोमबार, भाद्र ०८, २०८३  |  August 24, 2026

काठमाडौं । आगामी जेठ २ गतेदेखि सुरु हुन लागेको सगरमाथा संवादमा १७५ जना विदेशी पाहुना र नेपालीसहित ३५० जना सहभागीहरुले भाग लिने बताइएको छ ।

आज (मंगलबार) सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको तयारी सम्बन्धमा जानकारी गराइएको हो । आगामी जेठ २ गतेदेखि सगरमाथा संवाद आयोजना गरिएको छ ।

सगरमाथा संवादमा विभिन्न १२ वटा देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुने बताइएको छ । छिमेकी मुलुक चीनबाट नेशनल पिपल्स कंग्रेस (एनपीसी) का उपाध्यक्ष सिआयो जी र भारतबाट वन मन्त्री भूपेन्द्र यादव सगरमाथा संवादमा भाग लिन आउने बताइएको छ ।

त्यसैगरी, बंगलादेशका सामाजिक कल्याण मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयका सल्लाहकार सर्मिन सोनेया मुर्सिद, भुटानका उर्जामन्त्री जेम छिरिङ, माल्दिभ्सका पर्यटन तथा वतावरण मन्त्री थोरिक इब्राहिम पनि सहभागी हुन आउने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सगरमाथा संवादमा जपानबाट त्यहाँका उपविदेशमन्त्री इकुइना अकिको, अजरबैजानबाट प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभ, संयुक्त अरब इमरेट्सका उर्जा तथा दिगोपानाका लागि सहायक विदेश मन्त्री अब्दुला बलालालगायतले भाग लिनेछन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com