FlashNepal
आइतबार, साउन १०, २०८३  |  July 26, 2026

२५ फागुन, धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सुदूरपश्चिम आउने भएका छन् ।

ओली सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम आउन लागेका हुन् ।

हेलिकप्टरमार्फत आउने ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दीक्षान्त समारोहलाई सम्बोधन गर्नेछन् । त्यसपछि धनगढी पुगेर प्रदेश सभाको बैठकलाई पनि सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com