FlashNepal
शनिबार, आषाढ २०, २०८३  |  July 4, 2026

काठमाडौँ । हाल छायांकन भइरहेको फिल्म ‘माइतीघर’को सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को लुक्स बाहिरिएको छ । सार्वजनिक नयाँ लुक्समा केदार खाटमा बसेर मोबाइल हेरिरहेका देख्न सकिन्छ । झट्ट हेर्दा उनको लुक्स, गाउँको मुखियाको जस्तो लाग्छ। तर, निर्माणपक्षले यस बिषयमा केही पनि बोलेको छैन  ।

मिलन तामाङको निर्देशनमा तयार भइरहेको यो फिल्मलाई तामाङ संस्कृतिलाई सेरोफेरोमा राखेर निर्माण गरिएको छ। फिल्मको प्रदर्शन मिति आगामी दसैँको फूलपातिलाई तय भइसकेको छ ।

रोहित अधिकारी फिल्मसको व्यानर रहेको यो फिल्मको छायांकन हाल म्याग्दीको ताकम गाउँमा भइरहेको छ । २० दिनसम्म ताकम गाउँमा र २० दिन दरबाङको तातोपानी क्षेत्रमा फिल्मको छायांकन हुनेछ ।

यो फिल्ममा केदारसहित युवराज लामा, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय छ । सुशन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com