FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौँ — भैरहवामा रोकिएका १४९ यात्रु १६ घण्टापछि अर्को न्यरोबडीमा दुबई उडेका छन् । उनीहरु नेपाल वायुसेवा निगमको न्यरोबडीबाट भैरहवा हुँदै दुबई जान बुधबार राति काठमाडौंबाट उडेका थिए । भैरहवामा अलपत्र परेका १ सय ४९ यात्रुलाई काठमाडौंबाट फेरी–फ्लाइटमा गएको निगमको दोस्रो (लुम्बिनी) न्यरोबडीले दिउँसो साढे ३ बजे उडाएको निगमका एक उपनिर्देशकले जानकारी दिए ।
काठमाडौंबाट बुधबार राति साढे १० बजे उडेको निगमको न्यरोबडी भैरहवामा बिग्रिएपछि ग्राउन्डेड भएको थियो ।
भैरहवास्थित निगमका कर्मचारीका अनुसार, ती यात्रुलाई निगमकै खर्चमा भैरहवाका ५ वटा होटलमा राति राखेर बिहीबार अर्को जहाजबाट दुबई लगिएको हो । निगमले हाल काठमाडौं-भैरहवा-दुबई तथा मलेसिया-भैरहवा-काठमाडौं अवतरण अनुमति लिएको छ । सोही तालिकाअनुसार बुधबार निगमको न्यरोबडी काठमाडौंबाट भैरहवा अवतरण भएलगत्तै इन्जिनमा प्राविधिक समस्या देखिएपछि ग्राउन्डेड भएको थियो । त्यहाँबाट दुबई जाने यात्रु भने बुधबार राति थिएनन् ।

भैरहवामा बिग्रिएको जहाज ६ दिनअघि चीनबाट ६ करोड ६८ लाख रुपैयाँ खर्च गरेर फाइभ–सी–चेक (मर्मत) गरेर ल्याइएको नेपाल वायुसेवा निगमको सगरमाथा न्यरोबडी जहाज थियो । जहाजमा इन्जिनको गति तीव्र हुने समस्या (ओभर स्पीड प्रोटेक्सन इन्डिकेसन) देखिएपछि चालकदल र जहाजमा भएका इन्जिनियरले यो विमानलाई मर्मत गरेरमात्रै उडाउने भन्दै राति १ बजे ग्राउन्डेड गरेका थिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com