FlashNepal
मंगलबार, साउन १२, २०८३  |  July 28, 2026

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।

आइतबार सिंहदरबारमा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल भएको माओवादीका उपमहासचिव वर्षमान पुनले जनाए ।

“टीआरसीसम्बन्धी पीडित पक्ष र विभिन्न सरोकारवालाहरूले उठाएका, चर्चा भएका विषयहरूमा र त्यसबारेमा भइराखेको प्रक्रियाका बारेमा छलफल भयो,” उनले भने, “प्रधानमन्त्रीज्यूले हाल भइराखेका प्रक्रिया, पीडितहरूले उठाएको सरकारका विषयहरूमा छलफल भयो । ”

उनले प्रक्रिया सकारात्मक रहेको जानकारी पाएको बताए । “यो प्रक्रिया सकारात्मक रूपमा अघि बढेको पायौँ । कहाँ पुग्यो के भइराखेको छ भन्ने जानकारी गरायौँ,” उनले भने ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com