FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौं। शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। उनले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाएकी हुन् ।

शिक्षक आन्दोलन थप पेचिलो बन्दै गइरहेका बेला उनले राजीनामा दिएकी हुन् । भट्टराईको सचिवालयले भने स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएको बताएको छ ।

शिक्षक महासंघको आव्हानमा देशभरका शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com