FlashNepal
आइतबार, साउन २४, २०८३  |  August 9, 2026

काठमाडौँ । काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका ५ का ४८ वर्षीय ओमप्रकाश लुईटेल रहेका छन् ।

लुईटेल तीनकुनेमा भएको तोडफोड तथा आगजनी लगायतका कार्यमा संलग्न रहेकोक प्रहरीको दाबी छ ।

उनीमाथि अनुसन्धान गर्न अदालतबाट चार दिनको म्याद लिएको प्रहरीले जनाएको छ ।

यसअघि पक्राउ परेकालाई पनि थुनामा राख्न अदालतले दिएको म्याद त्यसैमितिमा सकिँदैछ ।

त्यसपछि सबैलाई एकसाथ अदालतमा थप म्याद लिन उपस्थित गराउने प्रहरीको तयारी छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com