FlashNepal
बुधबार, साउन २०, २०८३  |  August 5, 2026

काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी प्रदीपसमशेर राणाको निधन भएको छ । आइतबार राणाको ७८ वर्षको उमेरमा निधन भएको हो । उनी विभिन्न रोगले केही समयदेखि उपचाररत थिए ।

राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए भने उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा संगठनका थुप्रै कर्मचारी त्यसमा समायोजित भएका थिए ।

सशस्त्र द्वन्द्वकालमा प्रहरी परिचालन र व्यवस्थापनको चुनौतीलाई उनले सहजताका साथमा निर्वाह गरेका थिए । राणाको आज बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com