FlashNepal
सोमबार, साउन ११, २०८३  |  July 27, 2026

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने घटनाबारे बुझ्न गृहमन्त्री रमेश लेखकलाई बोलाउने निर्णय गरेको छ ।

गृहमन्त्रीलाई आगामी शुक्रबार ९चैत २२ गते०को बैठकमा बोलाइएको समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार, बैठक बिहान ११ बजे बस्ने तय भएको छ । त्यस बैठकमा चैत १५ गतेको तीनकुने घटनाबारे छलफल हुनेछ ।

आजको बैठकमा समितिका सदस्यहरूले तीनकुने घटनाबारे सरकारले जवाफ दिनुपर्ने माग राखेका थिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com