FlashNepal
शनिबार, साउन ०९, २०८३  |  July 25, 2026

काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को मङ्गलबार साँझ बसेको बैठकले पौडेललाई १८ औँ गभर्नरको रूपमा नियुक्त गरेको हो ।

यसअघि बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले उनीसहित तीन जनाको नाम मन्त्रिपरिषदमा निर्णयका लागि सिफारिस गरेको थियो ।

पौडेलेको नियुक्तिसँगै राष्ट्र बैङ्कमा डेढ महिनापछि रिक्त गभर्नर पदमा पदपुर्ति भएको छ।

गत चैत २३ गते महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त भए पनि नयाँ गभर्नर नियुक्तिमा ढिलाई भइरहेको बेला आज यो निर्णय भएको हो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com