FlashNepal
शनिबार, साउन ०२, २०८३  |  July 18, 2026

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले काग्रेंस सांसद राईलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

हिजो मात्र राईविरुद्ध कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मंगलबार मुद्दा दायर गरेको थियो ।

यद्यपी, उनीविरुद्ध मुद्दा दायर भएको भोलिपल्टै उनलाई धरौटीमा रिहा गर्न आदेश आएको हो । बुधबार अर्थात् आज बयान र थुनछेक बहस सकिएपछि उनलाई धरौटीमा छाड्न आदेश भएको हो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com