FlashNepal
मंगलबार, भाद्र ०९, २०८३  |  August 25, 2026

काठमाडौं । नेपाली बजारमा मंगलबार (वैशाख १६) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८८ हजार ८०० रुपैयाँ कायम छ । सोमबार (वैशाख १५) छापावाल सुन प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य तोलाको एक हजार ९७० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com