FlashNepal
सोमबार, भाद्र ०८, २०८३  |  August 24, 2026

साताको दोस्रो सेयर कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ४.२३ अंकले घटेर २६१०.४५ विन्दुमा अडिएको छ। यो सेसनमा ३४ स्क्रिप्सको १ हजार १७३ कित्ता सेयर ६ लाख २२ हजार ३८० रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १० स्टक्सको मूल्य बढ्दा २३ वटाको घट्यो। बाँकी १ स्टकको मूल्य भने यो समयमा स्थिर रह्यो। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५३.०४ अंकले घटेर २६१६.२६ विन्दुमा अडिएको थियो। सो दिन ६ अर्ब  ३२ करोड बराबरको सेयर कारोबार भएको थियो। उच्च अंकले सेयर बजार घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com