FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौँ, १० पौष । आईसीसीले च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक गरेको छ ।

हाइब्रिड मोडलमा हुने प्रतियोगिता आउने फेबुअरी १९ देखि मार्च ९ तारिखसम्म हुने छ ।

प्रतियोगितामा १५ खेल हुनेछन् । कराचीमा हुने उद्घाटन खेलमा आयोजक पाकिस्तान र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्नेछन् । भारत र पाकिस्तानबीचको खेल फेब्रुअरी २३ मा दुबईमा हुनेछ । भारतले आफ्ना सबै खेल दुबईमा खेल्नेछ ।

१० खेल भने पाकिस्तानमा हुनेछन् । प्रतियोगितामा समुह ‘ए’ मा भारत, पाकिस्तान, बङ्गलादेश र न्युजिल्यान्ड तथा समूह ‘बी’ मा अस्ट्रेलिया, इंङ्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com